नेपाली काङ्ग्रेसको भीमेश्वर नगर सम्मेलन सभ्य र भब्य रूपमा सम्पन्न
साझा दृष्टि संवाददाता
दोलखा १८ जेष्ठ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्य समितिको निर्देशन र नेपाली काङ्ग्रेस दोलखाको निर्णय तथा परीपत्र अनुसार ९ वटै वडाहरुको वडा सम्मेलन गरी भीमेश्वर नगरपालिकाको नगर सम्मेलन सम्पन्न भएको छ ।

नगर सम्मेलनलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एबम युवा नेता अजय बाबू सिवाकोटीले नाम मात्रको नीति महाधिवेशन गर्ने कि साँच्चै परिवर्तनका लागि विशेष महाधिवेशनमा जाने भन्ने विषयमा कांग्रेसभित्र गम्भीर मन्थन हुनु जरुरी रहेको बताएका छन् ।
उहाँले मुहान सफा भए मात्र धारामा सफा पानीको अपेक्षा गर्न सकिने भन्दै नेपाली काङ्ग्रेस केन्द्रिय नेतृत्व सच्चीएर अगाडि बढ्नुपर्नेमा विशेष जोड दिनुभयो ।

नेपाली काङ्ग्रेसका बागमती प्रदेश सदस्य प्रभुराम श्रेष्ठले काङ्ग्रेसले तय गरेको रुपान्तरण अभियानमार्फत देशैभरि गाउँगाउँ र टोलटोलसम्म पुगेर आम पार्टीका नेता, समर्थक, शुभेच्छुक, सर्वसाधारण, बुद्धिजीवी र आमनागरिकको सल्लाह सुझाबलाई सुनेर अब कसरी अगाडि बढ्ने ?भन्ने योजना बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।

तेसैगरी काङ्ग्रेस नेता दामोदर कार्कीले काङ्ग्रेसले आगामी रणनीति के लिने ? परम्परावादी र यथास्थितिमा रुमल्लिने कि रुपान्तरणको यात्रा तय गर्ने ? व्यक्ति होइन विचार, पद होइन पद्धति, सत्ता होइन समाज, नेता होइन नीतिको मूल मर्म र आदर्शमा आधारित नैतिक मूल्य–मान्यतासहितको राजनीति सुरुवात गर्न कांग्रेसले ढिलो गर्न नहुने प्रष्ट पारे ।

नेपाली काङ्ग्रेस दोलखाका पार्टी प्रबक्ता तथा अभियानका
संयोजक राकेश श्रेष्ठले यो रुपान्तरण अभियानमार्फत कांग्रेसलाई ऊर्जाशील, गतिशील, क्रियाशील, सबल, सुदृढ, सशक्त र बलियो बनाउदै यस अभियानमार्फत पार्टीमा नयाँ आशा, समर्थकमा नयाँ भरोसा र आमनागरिकमा नयाँ विश्वास जगाउनु नै मुख्य उद्देश्य रहेको प्रष्ट पार्नु भयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता बाबुकाजी बस्नेत,रामजी प्रसाद चौलागाईं ,मेनुका चौलागाईं ,जगत श्रेष्ठ नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष सौगात थापा, विद्यार्थी नेता सम्राट मानन्धर लगायत ९ वटै वडाका वडा संयोजकहरुले आफ्नो प्रतिबेदन मार्फत वडाको पार्टी संगठन र काङ्ग्रेसको भातृ,भगिनि तथा सुबेछुक सस्थाहरुको अबस्था र बिकास निर्माणको कार्यहरुको बारेमा जानकारी गराएका थिए ।
कार्यक्रम नेपाली काङ्ग्रेस भीमेश्वर नगरका सभापति सङ्कर कार्कीको सभापतित्वमा सम्पन्न भएको थियो ।
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददातालुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाताकाठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
