वडा सम्मेलन गर्न नेपाली काङ्ग्रेस तामाकोसी गाउँपालिकाले तोक्यो वडा संयोजकहरु
साझा दृष्टि संवाददाता
राजन बस्नेत
दोलखा १२ जेष्ठ । नेपाली काङ्ग्रेस तामाकोसी गाउँपालीका ले गाउँपालिका र वडा सम्मेलन गर्न सबै वडा तहमा संयोजकहरु तोकेको छ ।
नेपाली काङ्ग्रेस केन्द्रिय समितिको निर्देशन अनुसार पार्टीको बिधानमा भएको ब्यवस्था अनुसार सम्मेलनको तयारी गर्न सबै वडामा संयोजक तोकिएको सम्मेलन तयारीका सह संयोजक झनक फुयालले जानकारी दिनुभयो ।
तामाकोसी गाउँपालिका १ भिरकोटमा नरध्वज सुनुवार
,झुलेमा बलराम कार्की, जफेमा कृष्ण बहादुर खड्का, मालुमा हरिशरण केसि, शहरेमा देव कुमार भण्डारी, च्यामामा केदार कार्की र हावामा पवन तिमल्सिनालाई संयोजक तोकिएको तामाकोसी गाउँपालिकामा नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति बाट संयोजको रूपमा जिम्मेवार पाउनुभएका गोपाल तिमल्सिनाले जानकारी दिनुभयो ।
वडामा खटिएका संयोजकले वडामा पुगेर सम्मेलन गर्ने छन। वडामा तोकिएका संयोजकले वडाका टोल टोलमा गएर टोलसमिती गठन गर्ने, पार्टी भातृ संगठन बिस्तार तथा बाकी रहेका र क्रियाशिल नरहेका कार्यसमितिलाई बिधान अनुसार पुर्णता दिने छन ।
जेष्ठ १८ गते गाउँपालिका सम्मेलन सम्पन्न गरेर काङ्ग्रेस पार्टी कार्यालयमा प्रतिबेदन बुझाउने तामाकोसी गाउँपालिका संयोजक तिमल्सिनाले बताए ।
कार्यक्रम तामाकोसी गाउँपालीका काङ्ग्रेस सभापति कृष्ण फुयालको सभापतित्वमा सम्पन्न भएको थियो ।
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददातालुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाताकाठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
