ढाडमा टेकेर टाउको हान्ने प्रबिधिको अन्त्य हुनु जरुरी छ राप्रपा नेता मिश्र

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

राजन बस्नेत
दोलखा १२ जेष्ठ । राप्रपा नेता रबिन्द्र मिश्रले ढाडमा टेकेर टाउको हान्ने प्रबिधि
को अन्त्य हुनु जरुरी भएको बताएका छन् ।
दोलखाको सदरमुकाम चरिकोटमा आयोजित पत्रकारहरुसग
को साक्षत्कारमा राप्रपाका नेता रवीन्द्र मिश्रले नक्कली भुटानी शरणार्थी प्रकरणमा पनि नेपालमात्र नभई विदेशी दबाबले अनुसन्धान अघि बढेको टिप्पणी गरेका छन्।

नेता मिश्र भन्छन् ‘भुटानी शरणार्थीको विषय संयुक्त राज्य अमेरिकासँग पनि जोडिएको छ र उनीहरूको चासो र संभवतः गम्भीर र धम्कीपूर्ण दबाब नभएको भए कांग्रेसका ठूला नेता बालकृष्ण खाण पक्राउ पर्ने र विभिन्न कारणले प्रतिपक्षी भए पनि साथ लिनैपर्ने एमालेका ठूला नेता टोपबहादुर रायमाझी पक्राउ पर्ने सम्भावना कल्पनै गर्न सकिँदैन’ ।
उनी भन्छन् , ‘भुटानी शरणार्थी काण्डमा भइरहेको छानविनबारे साराका सारा अत्यन्त उत्साहित भइरहेको देखिन्छ। तपाईंलाई लाग्छ, यो काण्डबारे द्रुत गतिमा भइरहेको छानविन वर्तमान नेतृत्वमा अनायास पलाएको भ्रष्टाचार विरोधी चेतनाको प्रतिफल हो? त्यो हो भने भ्रममा हुनुहुन्छ।’

कांग्रेस सांसद आरजु देउवा र माओवादी सांसद माधव सापकोटाले भुटानी शरणार्थी काण्डको छानबिन अमेरिकी गुप्तचर तथा सुरक्षा संस्था ‘एफबीआई’ले पनि गरिरहेको छ भनि गरेको टिप्पणीलाई नबिर्सिन उनले आग्रह गरे।

‘माओवादी शिविर घोटाला काण्ड, बालुवाटार काण्ड, बाल मन्दिर काण्ड, चाँदबाग काण्ड, वाइडबडी जहाज काण्ड, यति काण्ड, ओम्नी काण्ड, ३३ केजी सुन काण्ड, महरा काण्ड, सुडान घोटाला काण्ड, एनसेल काण्ड, चिनियाँ जहाज खरिद काण्ड, बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश काण्ड, बुढी गण्डकी काण्ड जस्ता अनगिन्ति काण्डहरूमा किन कोही ठूला नेता गिरफ्तार हुँदैनन्?’ उनले लेखेका छन्, ‘तसर्थ, “वाह, वाह गृहमन्त्री गजब गर्नुभयो, सरकार खुट्टा नकमाऊ” भन्नु बेकार छ। जुन दिन माथि उल्लेख गरिएका जस्ता सबै काण्डमा मुछिएका ठूला नेता पनि गिरफ्तारीमा पर्लान्, त्यस दिन जे–जे भन्नु पर्छ भनौंला।’

साथै उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नै अन्तरआत्माको आँटले यो कार्य गरिरहेको भए पालैपालो अरू दर्जनौंलाई सप्रमाण पक्राउ गर्न सक्छन् भन्नेमा सन्देह नभएको बताएका छन्।
यसबाट कोही धेरै उत्साहित हुनु पर्ने कारण नभएको भन्दै भ्रष्टाचारको कालोमोसो पोतिएको अनुहारमा विशेष कारणबस सेतो रङ्ग दल्ने प्रयास मात्र हुनसक्ने मिश्रले टिप्पणी गरे।
राप्रपा निकट राष्ट्रिय युवा मोर्चाका जिल्ला अध्यक्ष नवराज खड्का (राजाभाइ) को विशेष पहलमामा राप्रपा नेता रबिन्द्र मिश्र सग आज बिहान दोलखा सदरमुकाम चरिकोटमा पत्रकारहरुसग अन्तरकृया कार्यक्रम सम्पन्न हो ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.