दोलखा काङ्ग्रेस भन्छ डिम्याट खाता नखोलेकै कारण दोलखाली जनता पुनः खुलाउने राइट सेयर बाट बन्चित नहौउन

साझा दृष्टि संवाददाता
dav

साझा दृष्टि संवाददाता

राजन बस्नेत
दोलखा १० जेष्ठ । स्वदेशी लगानीमा निर्माण भएको नेपालकै ठुलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले प्रभावित क्षेत्र बासिको लागि प्रदान गरेको शेयरलाई डि म्याड खातामा अभौतिकिकरण ( स्थान्तरण ) गर्नुपर्ने झन्झटिलो प्रक्रियाको कारण ७०% दोलखाली सेयर धनिले डि म्याड खाता नखोलेको प्रती नेपाली काङ्ग्रेस दोलखाले जारी गरेको नेपाली काङ्ग्रेस पार्टी सभापति बर्मा लामा द्घारा हस्ताक्षरीत प्रेस बिज्ञप्तिमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
नेपाली काङ्ग्रेस दोलखाले ठुलो संघर्ष गरी दोलखा बासिको लागी थप सेयर माग गर्दा समेत ब्यवास्ता गरि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले दोलखा बासिको लागि बल्ल तल्ल छुट्याइएको १०% अर्थात १ करोड ५ लाख ९० हजार कित्ता सेयर ५ बर्ष अघि २ लाख ९६ हजार दोलखा बासिहरुले खरिद गरेका थिए । यसरी खरिद गरेको १० % सेयर अन्य क्षेत्रका नागरिकहरुले पाएको तुलनामा दोलखा बासी नागरिकको हकमा खासै उपलब्धि  मुलक रहन नसके काङ्ग्रेस नेता सभापति लामाले जिकिर गर्नुभयो ।


ठुलो संघर्षका वाबजुत सेयर खरीद गरेपछि कारोबार गर्न डि म्याड खाता खोली अनिवार्य रूपमा आफ्नो डिम्याड खातामा
अभौतिकिकरण तथा स्तान्तरण गर्नुपर्नेमा विभिन्न झन्झटिलो प्रक्रियाहरु र बैंकको पहुँच गाउँ सम्म नभएको कारण हाल सम्म लगभग ३०% दोलखाबासीले पनि डिम्याट खातामा अभौतिकिकरण नगरेको प्रति समेत दोलखा काङ्ग्रेसको गम्भीर ध्यानाकर्षण भएको र यसरी डिम्याट खातामा अभौतिकरण नगर्दा माथिल्लो तामाकोसीले पुनः खुलाउने राइट सेयर बाट ठुलो सङ्ख्यामा दोलखाली जनता बन्चित हुने र दोलखा बासिले अनुमानित ३ अर्ब नाफा गुमाउनु पर्ने
अबस्था सिर्जना भएको छ , यो अबस्था आउन नदिन सम्बन्धि सरोकारवाला निकाय गाउँ -गाउँ,टोलटोलमा गएर डिम्याट खाता खोल्न लगाइ खातामा अभौतिकिकरण गर्ने ब्यबस्था मिलाउन समेत सभापति लामाले सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ ।

विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददाता

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...

दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददाता

दोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...

विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाता

काठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाता

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

.