भ्रष्टाचार गर्ने शैली बदलिएको छ : स्वर्णिम वाग्ले


राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले भ्रष्टाचार गर्ने शैली बदलिएकाले अहिले भ्रष्टाचारीले प्रमाणित गर र मलाइ जेल हाल भन्न सक्ने अवस्था आएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नक्कली शरणार्थी प्रकरणसम्बन्धी बहसमा डा. वाग्लेले कुनै बेला नगदमा हुने भ्रष्टाचार पछि सेयर हुदै सुन र हिरातर्फ डाइभर्ट भएको बताएका हुन् ।
उनले भने, ‘पुरानो विधिमा नगदै भ्रष्टाचार हुन्थ्यो, त्यो पैसा गाडेर राखिन्थ्यो, तकियामा राखिन्थ्यो तर पछि शेयरमार्फत भ्रष्टाचार हुन थाल्यो । हाकाहाकी पैसा नदेखिने कसैको नाममा शेयर राखिदिने चलन थियो । यो पनि कम्पनी रजिष्ट्रारको कार्यालयबाट चुहिने भएपनि सुन र हिरामार्फत भ्रष्टाचार हुन थालेको छ ।’
वाग्लेले आम्दानी र खर्चको हिसाब किताव गर्दामात्र कयौं मानिस जेल पर्ने बताए । साथै अहिलेको भुटानी शरणार्थी प्रकरणमा पनि राष्ट्रको विश्वसनियता जोडिएको भन्दै यो विषय सामसुम पार्न नहुने उनको भनाइ छ ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...