पार्टीमा रूपान्तरण अपरिहार्य :कांग्रेस महामन्त्री शर्मा

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा रूपान्तरण अपरिहार्य रहेको बताएका छन्।

उनले मंसिरसम्ममा महाधिवेशन गरेर अघि बढ्ने पनि बताए।

भदौ २४ मा प्रदर्शनकारीहरूले आगजनी गरेको विराटनगरस्थित कोइराला निवासमा सोमबार आएका महामन्त्री शर्माले नयाँ परिस्थितिमा पार्टी पनि नयाँ ढंगले अघि बढ्ने बताएका हुन्।

‘मंसिर मसान्तसम्म अहिलेकै कार्यसमितिको कार्यकाल हो, अब यसको कार्यकाल थप नगरौं। अहिले क्रियाशील सदस्यता नवीकरण भइरहेको छ, वितरण पनि खुला गरेर महाधिवेशनमा जानुपर्छ,’ महामन्त्री शर्माले भने।

उनले अब कसरी अघि बढ्ने भन्नेबारे पार्टी केन्द्रीय समितिबाट साझा धारणा आउने पनि बताए। तत्कालै महाधिवेशनमा जान नहुने मत पनि पार्टीमा रहेको उनको भनाइ थियो।

‘म आज कोइराला निवासको यो माटोमा उभिएर भन्छु, हामी नयाँ ढंगले आउनेछौं, मुलुकको अवस्था सम्हाल्नेछौं। मुलुकलाई नयाँ सम्भावनातिर लिएर लैजान कृतसंकल्पित छौं,’ महामन्त्री शर्माले भने।
अहिलेको अवस्था आउनुमा आफूहरूको पनि कमजोरी रहेको भन्दै शर्माले थपे- मौजुदा जे अवस्था छ, यो आउनुमा हाम्रो पनि कमजोरी छ। त्यसमा हामीले आत्मालोचना गर्नुपर्छ। क्षमायाचना गर्नुपर्छ। कांग्रेस धेरै पुस्तालाई गाँसेर जाने पार्टी हो। जेनजी पुस्ताको बलिदान, मन भावना सबैलाई समटेर अघि लैजान रुपान्तरित कांग्रेस अबको आवश्यकता हो भन्ने मत मुलुकव्यापी रुपमा छ।

महामन्त्रीद्वय गगन थापा र शर्माले महाधिवेशनमा जाने भनेपछि पूर्व पदाधिकारीहरू उनीहरूविरूद्ध मोर्चाबन्दीमा जुटेका थिए। शर्माले कांग्रेसमा आ–आफ्नो मत राख्ने स्वतन्त्रता रहेको उल्लेख गर्दै केन्द्रीय समिति बैठकबाट साझा धारणा निर्माण गरिने पनि बताए।
प्रवक्ता प्रकाशशरण महतले सभापति देउवा अस्पतालमा रहेका बेला महाधिवेशनको कुरा निकालिएको भन्दै महामन्त्रीहरू थापा र शर्मालाई लक्ष्य गर्दै अभिव्यक्ति दिएका थिए।

महामन्त्री शर्माले अहिले आफूहरूका लागि सभापति देउवाको स्वास्थ्यलाभ र कांग्रेसको स्वास्थ्यलाभ दुवै उच्च प्राथमिकतामा रहेको बताए।

‘कांग्रेसले आफैलाई तन्नेरी बनाउनुछ, पार्टीलाई तरूण बनाउन घनीभूत छलफल हुन्छ, हुनुपर्छ,’ उनले भने, ‘यसका लागि सबैका मत एकैठाउँ राखेर हामी समन्वयमा गर्छौं। जहाँसम्म सभापतिको स्वास्थ्योपचारका बेला कुरा आयो भन्ने छ। निश्चय नै हामी सभापतिज्यूको स्वास्थ्यप्रति संवेदनशील छौं। स्वास्थ्यलाभको कामना गरिरहेका छौं। लगातार सम्पर्कमा रहेर स्वास्थ्य अवस्था बुझिरहेका छौं। जसरी हाम्रा लागि सभापतिको स्वास्थयलाभ महत्वको कुरा छ, त्यत्तिकै कांग्रेसको स्वास्थ्यलाभबारे पनि संवेदनशील छौं।’

भदौ २४ गते प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा सैनिक अस्पतालमा उपचारमा छन्।

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

बालेनलाई पितृ शोक
साझा दृष्टि संवाददाता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ।   पारिवारिक स्रोतकाअनुसार उनका बुबा रामनारायण शाहको सोमबार...

दोलखा कांग्रेसले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका साथ मनाउने
राजन बस्नेत

नेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामाको सभापतित्वमा बसेको कार्य सम्पादन समिति बैठकले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका...

एमाले दोलखाका पूर्वसचिव दुलाल नेकपामा प्रवेश
साझा दृष्टि संवाददाता

नेकपा (एमाले) दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश...

अहिलेको सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउनै सक्दैन: ओली
साझा दृष्टि संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै यसको संवैधानिक परीक्षण...

.