पार्टीमा रूपान्तरण अपरिहार्य :कांग्रेस महामन्त्री शर्मा

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीमा रूपान्तरण अपरिहार्य रहेको बताएका छन्।

उनले मंसिरसम्ममा महाधिवेशन गरेर अघि बढ्ने पनि बताए।

भदौ २४ मा प्रदर्शनकारीहरूले आगजनी गरेको विराटनगरस्थित कोइराला निवासमा सोमबार आएका महामन्त्री शर्माले नयाँ परिस्थितिमा पार्टी पनि नयाँ ढंगले अघि बढ्ने बताएका हुन्।

‘मंसिर मसान्तसम्म अहिलेकै कार्यसमितिको कार्यकाल हो, अब यसको कार्यकाल थप नगरौं। अहिले क्रियाशील सदस्यता नवीकरण भइरहेको छ, वितरण पनि खुला गरेर महाधिवेशनमा जानुपर्छ,’ महामन्त्री शर्माले भने।

उनले अब कसरी अघि बढ्ने भन्नेबारे पार्टी केन्द्रीय समितिबाट साझा धारणा आउने पनि बताए। तत्कालै महाधिवेशनमा जान नहुने मत पनि पार्टीमा रहेको उनको भनाइ थियो।

‘म आज कोइराला निवासको यो माटोमा उभिएर भन्छु, हामी नयाँ ढंगले आउनेछौं, मुलुकको अवस्था सम्हाल्नेछौं। मुलुकलाई नयाँ सम्भावनातिर लिएर लैजान कृतसंकल्पित छौं,’ महामन्त्री शर्माले भने।
अहिलेको अवस्था आउनुमा आफूहरूको पनि कमजोरी रहेको भन्दै शर्माले थपे- मौजुदा जे अवस्था छ, यो आउनुमा हाम्रो पनि कमजोरी छ। त्यसमा हामीले आत्मालोचना गर्नुपर्छ। क्षमायाचना गर्नुपर्छ। कांग्रेस धेरै पुस्तालाई गाँसेर जाने पार्टी हो। जेनजी पुस्ताको बलिदान, मन भावना सबैलाई समटेर अघि लैजान रुपान्तरित कांग्रेस अबको आवश्यकता हो भन्ने मत मुलुकव्यापी रुपमा छ।

महामन्त्रीद्वय गगन थापा र शर्माले महाधिवेशनमा जाने भनेपछि पूर्व पदाधिकारीहरू उनीहरूविरूद्ध मोर्चाबन्दीमा जुटेका थिए। शर्माले कांग्रेसमा आ–आफ्नो मत राख्ने स्वतन्त्रता रहेको उल्लेख गर्दै केन्द्रीय समिति बैठकबाट साझा धारणा निर्माण गरिने पनि बताए।
प्रवक्ता प्रकाशशरण महतले सभापति देउवा अस्पतालमा रहेका बेला महाधिवेशनको कुरा निकालिएको भन्दै महामन्त्रीहरू थापा र शर्मालाई लक्ष्य गर्दै अभिव्यक्ति दिएका थिए।

महामन्त्री शर्माले अहिले आफूहरूका लागि सभापति देउवाको स्वास्थ्यलाभ र कांग्रेसको स्वास्थ्यलाभ दुवै उच्च प्राथमिकतामा रहेको बताए।

‘कांग्रेसले आफैलाई तन्नेरी बनाउनुछ, पार्टीलाई तरूण बनाउन घनीभूत छलफल हुन्छ, हुनुपर्छ,’ उनले भने, ‘यसका लागि सबैका मत एकैठाउँ राखेर हामी समन्वयमा गर्छौं। जहाँसम्म सभापतिको स्वास्थ्योपचारका बेला कुरा आयो भन्ने छ। निश्चय नै हामी सभापतिज्यूको स्वास्थ्यप्रति संवेदनशील छौं। स्वास्थ्यलाभको कामना गरिरहेका छौं। लगातार सम्पर्कमा रहेर स्वास्थ्य अवस्था बुझिरहेका छौं। जसरी हाम्रा लागि सभापतिको स्वास्थयलाभ महत्वको कुरा छ, त्यत्तिकै कांग्रेसको स्वास्थ्यलाभबारे पनि संवेदनशील छौं।’

भदौ २४ गते प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा सैनिक अस्पतालमा उपचारमा छन्।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.