सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित

राजन बस्नेत

राजन बस्नेत

राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने सहमति गरेको छ।
आन्दोलनरत जेन-जी युवाहरूको मागअनुरूप सुरूमै संसद विघटन गरी कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
उनले आज राति ९ बजे अन्तरिम सरकार प्रमुखका रूपमा कार्कीको शपथग्रहण गराइने बताए।

राष्ट्रपति रामचन्द्र पौडेल र जेन-जी युवाहरूबाट प्रधानमन्त्रीमा प्रस्तावित पूर्वप्रधानन्यायाधीश कार्कीबीच कसको सिफारिसमा संसद भंग गर्ने भन्नेबारे कुरा मिल्न नसकेपछि प्रधानमन्त्री नियुक्तिमा विलम्ब भइरहेको थियो।
राष्ट्रपति पौडेलले कार्कीलाई ‘म तपाईंलाई प्रधानमन्त्री नियुक्त गर्छु’ र प्रधानमन्त्री भएपछि पहिलो मन्त्रिपरिषद बैठकबाटै संसद विघटन र निर्वाचन मिति निर्णय गरी ल्याउनू भनेका थिए। तर आन्दोलनरत जेन-जीका प्रतिनिधिहरू संसद विघटन गरेर मात्र अन्तरिम सरकार गठन हुने मागमा अडिग रहे। त्यही आधारमा वार्ता लम्बिँदै गएको थियो।
अन्तत: राति जेन-जीकै मागअनुरूप संसद विघटन गरेर कार्कीलाई प्रधानमन्त्री नियुक्त गर्ने सहमति जुटेको हो।

सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित
राजन बस्नेत

राष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने...

गृहमन्त्री लेखकले दिए राजीनामा
राजन बस्नेत

गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...

एकल नारीको कथामा बन्यो टेलिसिरियल ‘हिरा’: ट्रेलर सार्वजनिक
राजन बस्नेत

पतिवियोगमा परेकी एकल नारीको कथामा तयार भएको टेलिसिरियल ‘हिरा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले...

गौरीशंकर ९ रिकुमा स्काभेटर दुर्घटनामा परी चालक घाइते
राजन बस्नेत

दोलखाको गौरीशंकर गाउँपालिका–९, रिकुमा स्काभेटर दुर्घटनामा परि एक जना चालक घाइते भएका हुन । पार्किङ खन्ने क्रममा जमिन भासिँदा...

चन्द्रकुबेर खापुङलाई प्रहरीको आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
साझा दृष्टि संवाददाता

सरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी)मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आइजिपी...

अरनिको यातायातमा स्कुटर ठोक्किँदा २ युवकको मृत्यु
राजन बस्नेत

काठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवैको मृत्यु भएको छ। शुक्रबार बिहान २:५० बजे जडिबुटीस्थत आकाशे पुल...

.