कांग्रेस दोलखा -काठमाडौं सम्पर्क समितिको बैठक : संगठनात्मक सुदृढीकरण कार्यलाइ प्राथमिकता दिने
साझा दृष्टि संवाददाता
नेपाली कांग्रेस दोलखा -काठमाडौं सम्पर्क समितिको
नेपाली कांग्रेस दोलखा -काठमाडौं सम्पर्क समितिको महत्वपूर्ण बैठक शनिबार काँडाघारीमा सम्पन्न भएको छ। समितिका सभापति सरोज शिवाकोटीको अध्यक्षतामा बसेको उक्त बैठकले संगठनात्मक सुदृढीकरणसँगै सामाजिक उत्तरदायित्वका कार्यहरूलाई प्राथमिकता दिने निर्णय गरेको छ।बैठकमा नेपाली कांग्रेस दोलखाका पार्टी सभापति वर्मा लामा, प्रदेशसभा क्षेत्र ‘क’ सभापति शुक्रराज तामाङ र विभागीय प्रमुख तथा जिल्ला कार्यसमिति सदस्य राजन अधिकारी , खड्ग प्रसाद शिवाकोटीको विशेष उपस्थिति रहेको थियो।
बैठकले हालसम्म पूर्णता नपाएका दोलखाका विभिन्न गाउँपालिका, नगरपालिका र वडा तहका समितिहरूलाई यथाशीघ्र पूर्णता दिन संगठनात्मक अभियान अघि बढाउने निर्णय गरेको छ। साथै, संविधान दिवस (आश्विन ३ गते) को अवसर पारेर बृहत रक्तदान कार्यक्रम तथा बडादशैं र दीपावलीको सन्दर्भमा शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने निर्णय गरिएको छ।सभापति सरोज शिवाकोटीले बैठकमा उपस्थित सबैलाई धन्यवाद दिँदै संविधान दिवसलाई उत्सवका रूपमा मनाउने र पार्टीको सन्देश आम नागरिकसम्म पुर्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिने भएकाले कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
सम्पर्क समितिले चाँडै नै आगामी कार्यक्रमको विस्तृत कार्यतालिका समेत सार्वजनिक गर्ने जनाएको छ।
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...
