मुख्यमन्त्री बानियाँको प्रमुख राजनीतिक सल्लाहकारमा सभापति लामा नियुत्त


बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रमुख राजनीतिक सल्लाहकारमा नेपाली कांग्रेस, मकवानपुरका सभापति बुद्ध लामालाई नियुक्त गरेको छ ।
बिहीबार हेटौँडामा बसेको मन्त्रिपरिषदको बैठकले सभापति लामालाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरिएको हो । बागमती प्रदेश सरकारको प्रवक्तामा आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङलाई नियुक्त गर्ने निर्णय भएको छ ।
बागमती प्रदेश सरकार मन्त्रिपरिषद बैठकले ६ जना प्रदेश सचिवहरूको पदस्थापना गरेको छ । ईश्वरचन्द्र मरहट्ठालाई भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिव, ईन्द्रदेव भट्टलाई उर्जा, खानेपानी, सिंचाइ मन्त्रालयको सचिव, बलराम ढकाललाई श्रम तथा यातायात मन्त्रालयको सचिव, झलकराम अधिकारीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिव, वीरेन्द्रदेव भारतीलाई युवा तथा खेलकुद मन्त्रालयको सचिव, पूर्णबहादुर दर्जीलाई सामाजिक विकास मन्त्रालयको सचिवमा पदस्थापना गरिएको सरकारका प्रवक्ता तामाङले बताए ।
बैठकले मुख्यमन्त्री र मन्त्रिपरिषदको कार्यालयको कार्यालयबाट जिल्ला समन्वय समिति सहयोग कार्यक्रम बजेट खर्च गर्ने अख्तियारी प्रदान गर्ने निर्णय भएको छ ।
भरतपुर महानगरपालिका अष्ट्रेलियाको मेनिब्रेस्ट सिटीको काउन्सिलबीच भगिनी सम्बन्ध गर्न परामर्श सम्बन्धमा निर्णय भएको प्रवक्ता तामाङले बताए ।
बागमती प्रदेशमा कार्यरत करार र अस्थायी कर्मचारीहरूको महँगी भत्ता उपलब्ध गराउने सम्बन्धमा निर्णय भएको छ । पहिला ३ हजार रुपियाँ महँगी भत्ता दिँदै आएको थियो । ‘विनियोजन विधेयकमा कोड भएर आएको हुनाले अस्थायी कर्मचारीहरूको लागि ५ हजार महँगी भत्ता दिने निर्णय भएको छ,’ तामाङले भने ।
‘आर्थिक वर्ष २०८२/८३ को लागि मन्त्रालयहरूको दरबन्दी स्वीकृत गर्ने निर्णय भएको छ,’ प्रवक्ता तामाङले भने, ‘उद्योग, वाणिज्य तथा भूमि प्रशासन मन्त्रालयको अस्थायी दरबन्दी स्वीकृत दिइएको छ ।’
बागमती प्रदेश सरकारले संस्कृत तथा पर्यटन मन्त्रालयको आयोजनाको अस्थायी संगठन संरचना तथा दरबन्दी सम्बन्धी स्वीकृत भएको छ ।
सुशीला कार्की अन्तरिम सरकारको पहिलो महिला प्रधानमन्त्री बन्ने निश्चित
राजन बस्नेतराष्ट्रपति कार्यालय शितल निवासमा शुक्रबार बिहानबाटै भएको छलफलले प्रतिनिधिसभा विघटन गरी पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त गर्ने...
गृहमन्त्री लेखकले दिए राजीनामा
राजन बस्नेतगृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन्। बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकमा पुगेर उनले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष...
एकल नारीको कथामा बन्यो टेलिसिरियल ‘हिरा’: ट्रेलर सार्वजनिक
राजन बस्नेतपतिवियोगमा परेकी एकल नारीको कथामा तयार भएको टेलिसिरियल ‘हिरा’को ट्रेलर सार्वजनिक भएको छ । निर्माण कम्पनि छत्रेश्वरी म्यानेजमेन्ट प्रालिले...
गौरीशंकर ९ रिकुमा स्काभेटर दुर्घटनामा परी चालक घाइते
राजन बस्नेतदोलखाको गौरीशंकर गाउँपालिका–९, रिकुमा स्काभेटर दुर्घटनामा परि एक जना चालक घाइते भएका हुन । पार्किङ खन्ने क्रममा जमिन भासिँदा...
चन्द्रकुबेर खापुङलाई प्रहरीको आइजिपी नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय
साझा दृष्टि संवाददातासरकारले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी)मा चन्द्रकुबेर खापुङलाई नियुक्त गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आइजिपी...
अरनिको यातायातमा स्कुटर ठोक्किँदा २ युवकको मृत्यु
राजन बस्नेतकाठमाडौंको जडिबुटीमा रोकिराखेको बसमा स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुवैको मृत्यु भएको छ। शुक्रबार बिहान २:५० बजे जडिबुटीस्थत आकाशे पुल...