कार्य विभाजन सहित संगठन विस्तारको तयारीमा जुट्यो : तरुण दल दोलखा
राजन बस्नेत
नेपाली कांग्रेस सभापति बर्मा लामाको विशेष उपस्थितिमा नेपाल तरुण दल जिल्ला कार्यसमिति दोलखाको बैठक चरिकोटमा सम्पन्न भएको छ।
आइतबार जिल्ला अध्यक्ष दावा साङ्गे शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त बैठकले वडा र पालिका कार्यसमिति गठनका लागि पूर्णकालिक सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
संगठन विस्तारलाई प्रभावकारी बनाउन नेताहरूबीच कार्यविभाजन गरिएको नेपाल तरुण दल दोलखाका नेता चित्र तमाङले जानकारी दिए । बैठकमा जिल्ला कार्यसमिति पदाधिकारी ,केन्द्रीय सदस्य ,स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
आजका दिनमा तरुण दलको प्रमुख ध्येय पनि लोकतान्त्रिक समाजवादमार्फत समानता र समावेशी सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने नै हो।
यसका लागि युवाहरूलाई विचारमा परिपक्क बनाउँदै अध्ययन शैलीको विकास गराउन सकियो भने मात्रै आजको दिनमा तरुण दलले लिएको विचारमार्फत समाज परिवर्तन गर्न सम्भव हुन सक्द छ। बौद्धिकता तथा रचनात्मक प्रयासबाट देशका युवालाई प्रजातान्त्रिक समाजवादको जगमा उभ्याउन सक्ने सामाथ्र्य तरुण दलसँग मात्रै छ।
आजको तरुण दलको लक्ष्य युवा लक्षित नेतृत्व विकास सँगै क्षमता, सोच र योजनाका साथ अगाडि बढाउनुपर्ने दायित्व पनि छ। जबसम्म राष्ट्र निर्माण प्रक्रियामा तबसम्म युवालाई समाहित गर्न सकिँदैन तबसम्म युवा शक्तिको पलायनलाई रोक्न सकिँदैन। यसकारण आजको तरुण दलको ध्येय नै युवा लक्षित रचनात्मक कार्यक्रम नै हो। विगतमा राजनीतिक आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेको तरुण दलको आजको अवस्थामा आइपुग्दा आन्दोलन र अभियानका विषय र एजेन्डा परिवर्तन भएका छन्। हरेक राजनीतिक परिवर्तनपछि स्वभावैले नयाँ परिस्थिति जन्मन्छ।
कस्ले कुन स्थानिय तहको जिम्मेवारी पायो सुचि सहित


दोलखाको कालापानीमा इभी माइक्रो दुर्घटना १ को मृत्यु १४ जना घाइते
21 घण्टा अगाडि राजन बस्नेतदोलखाको शैलुङको कालापानीमा इभि माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन ।...
प्रहरीको प्रारम्भिक अनुसन्धान भन्छ– जेन-जी आन्दोलन भड्काउने मुख्य भूमिका टिओबीको
साझा दृष्टि संवाददातारेडियो सेटसहित आन्दोलनमा सहभागी भएको थियो टिओबी समूह गत २३ र २४ भदौको जेन–जी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड...
यसरी सम्भव भयो दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित
राजन बस्नेतनेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ। युएईको शारजाहमा शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले...
दुर्गा प्रसाईँको दाबी- जेन जी आन्दोलनपछि सेनापतिले प्रधानमन्त्री अफर गरे, मैले मानिनँ
साझा दृष्टि संवाददाताविराटनगर । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको...
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव गराउने हाम्रो कार्यक्षेत्रमा पर्दैन: प्रधानमन्त्री कार्की
साझा दृष्टि संवाददाताप्रधानमन्त्री सुशीला कार्कीले नेपालको मौजुदा शासकीय स्वरूप (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री/ राष्ट्रपति सहितको व्यवस्था) को पुनर्संरचना वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर...
बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा
साझा दृष्टि संवाददातानेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। काठमाडौँमा बुधबार बसेको केन्द्रीय समितिको विशेष...
