कार्य विभाजन सहित संगठन विस्तारको तयारीमा जुट्यो : तरुण दल दोलखा

राजन बस्नेत

राजन बस्नेत

नेपाली कांग्रेस सभापति बर्मा लामाको विशेष उपस्थितिमा नेपाल तरुण दल जिल्ला कार्यसमिति दोलखाको बैठक चरिकोटमा सम्पन्न भएको छ।
आइतबार जिल्ला अध्यक्ष दावा साङ्गे शेर्पाको अध्यक्षतामा सम्पन्न उक्त बैठकले वडा र पालिका कार्यसमिति गठनका लागि पूर्णकालिक सदस्यता वितरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
संगठन विस्तारलाई प्रभावकारी बनाउन नेताहरूबीच कार्यविभाजन गरिएको नेपाल तरुण दल दोलखाका नेता चित्र तमाङले जानकारी दिए । बैठकमा जिल्ला कार्यसमिति पदाधिकारी ,केन्द्रीय सदस्य ,स्थानीय प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
आजका दिनमा तरुण दलको प्रमुख ध्येय पनि लोकतान्त्रिक समाजवादमार्फत समानता र समावेशी सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने नै हो।

यसका लागि युवाहरूलाई विचारमा परिपक्क बनाउँदै अध्ययन शैलीको विकास गराउन सकियो भने मात्रै आजको दिनमा तरुण दलले लिएको विचारमार्फत समाज परिवर्तन गर्न सम्भव हुन सक्द छ। बौद्धिकता तथा रचनात्मक प्रयासबाट देशका युवालाई प्रजातान्त्रिक समाजवादको जगमा उभ्याउन सक्ने सामाथ्र्य तरुण दलसँग मात्रै छ।

आजको तरुण दलको लक्ष्य युवा लक्षित नेतृत्व विकास सँगै क्षमता, सोच र योजनाका साथ अगाडि बढाउनुपर्ने दायित्व पनि छ। जबसम्म राष्ट्र निर्माण प्रक्रियामा तबसम्म युवालाई समाहित गर्न सकिँदैन तबसम्म युवा शक्तिको पलायनलाई रोक्न सकिँदैन। यसकारण आजको तरुण दलको ध्येय नै युवा लक्षित रचनात्मक कार्यक्रम नै हो। विगतमा राजनीतिक आन्दोलनको नेतृत्वदायी भूमिकामा रहेको तरुण दलको आजको अवस्थामा आइपुग्दा आन्दोलन र अभियानका विषय र एजेन्डा परिवर्तन भएका छन्। हरेक राजनीतिक परिवर्तनपछि स्वभावैले नयाँ परिस्थिति जन्मन्छ।
कस्ले कुन स्थानिय तहको जिम्मेवारी पायो सुचि सहित

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

बालेनलाई पितृ शोक
साझा दृष्टि संवाददाता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई पितृ शोक परेको छ।   पारिवारिक स्रोतकाअनुसार उनका बुबा रामनारायण शाहको सोमबार...

दोलखा कांग्रेसले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका साथ मनाउने
राजन बस्नेत

नेपाली कांग्रेस दोलखाको सभापति बर्मा लामाको सभापतित्वमा बसेको कार्य सम्पादन समिति बैठकले स्व.भीमबहादुर तामाङको १३ औँ स्मृति दिवस भब्यताका...

एमाले दोलखाका पूर्वसचिव दुलाल नेकपामा प्रवेश
साझा दृष्टि संवाददाता

नेकपा (एमाले) दोलखाका पूर्व पार्टी सचिव तथा शैलुङ गाउँपालिकाका प्रथम अध्यक्ष भरतप्रसाद दुलाल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश...

अहिलेको सरकारलाई अदालतले संवैधानिक ठहर्‍याउनै सक्दैन: ओली
साझा दृष्टि संवाददाता

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारलाई असंवैधानिक भन्दै यसको संवैधानिक परीक्षण...

.