म्याद थप भएको समयभित्रै नयाँ संसद भवनको बाँकी काम पूरा गर्न उपप्रधानमन्त्री सिंहको निर्देशन
साझा दृष्टि संवाददाता
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले म्याद थप भएको समयभित्रै नयाँ संसद् भवनको बाँकी काम पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ ।
मंगलबार सिंहदरबारमा बसेको निर्माण ठेकेदारहरूसँगको छलफलका क्रममा उहाँले यस्तो निर्देशन दिनुभएको हो । उहाँले संसद् भवन बनाउन धेरै समय लागिसकेको भन्दै अहिले पनि समयमै सकिने हो कि होइन भन्ने प्रश्न उठिरहेको बताउनु भयो ।
उहाँले अहिले हात्ती छिर्यो पुच्छर अड्कियो जस्तो भएको उल्लेख गर्दै म्याद थप भएको समयमै र वर्किङ क्यालेण्डरअनुसार वर्किङ क्यापासिटी बढाएर काम गर्न निर्देशन दिनुभयो । सम्झौताको आधारमा बसेर काम गर्न उहाँको निर्देशन छ ।
उपप्रधानमन्त्री सिंहले मन्त्रालय, निर्माण कम्पनीले गर्नुपर्ने काम समूहगत रुपमा बाँकी समयमै सम्पन्न गर्नेतर्फ लाग्नुपर्ने बताउनु भयो । मन्त्रालयलाई संसद् भवनको काम जस्तै त होला नि भनेर दाँज्न थालिएको उहाँले बताउनु भयो ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
