दोलखा कांग्रेसको जिल्ला सदस्य तथा यातायात विभाग प्रमुखमा तिलक थापा नियुक्त
साझा दृष्टि
सन्देश कोइराला
दोलखा, वैशाख ११ – नेपाली कांग्रेस जिल्ला कार्यसमिति, दोलखाले संगठनप्रतिको दीर्घकालीन समर्पण, पार्टी सिद्धान्तप्रति दृढ निष्ठा, तथा यातायात क्षेत्रमा सक्रिय योगदानलाई उच्च सम्मान गर्दै श्री तिलक थापा लाई आमन्त्रित जिल्ला सदस्य तथा यातायात विभाग प्रमुख पदमा नियुक्त गरेको छ।
२०८२ साल बैशाख १० गते सम्पन्न जिल्ला कार्यसमितिको निर्णयअनुसार, भिमेश्वर नगरपालिका–३ निवासी थापा विगत लामो समयदेखि दोलखा जिल्लाको यातायात सञ्चालन तथा यातायात व्यवसायसँग प्रत्यक्ष रूपमा आबद्ध रहँदै आउनुभएको छ। उहाँले यो क्षेत्रमा काम गर्दै गर्दा सेवा प्रवाह, सञ्जाल विस्तार र सहजीकरणमा उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ।

पार्टीले उहाँको व्यावसायिक अनुभव, इमान्दारिता र संगठनप्रतिको प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै पूर्ण विश्वासका साथ यो जिम्मेवारी प्रदान गरेको हो।
जिल्ला सभापति वर्मा लामाद्वारा हस्ताक्षरित नियुक्तिपत्रमा उहाँको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै, सफल कार्यकालको शुभकामना दिइएको छ। पार्टीभित्र यो नियुक्तिलाई सकारात्मक रूपमा स्वागत गरिएको छ।
यस अवसरमा जिल्ला सभापति वर्मा लामाले भन्नुभयो ” तिलक थापाज्यूको पार्टीप्रतिको समर्पण, व्यावसायिक अनुभव र नेतृत्व क्षमताले संगठनलाई अझ सुदृढ बनाउने पूर्ण विश्वासका साथ यो जिम्मेवारी दिइएको हो। उहाँको सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।”
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
