दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा एमालेकी उमा शेर्पा विजयी

राजन बस्नेत

राजन बस्नेत

दोलखाको गौरीशंकर गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेले विजय प्राप्त गरेको छ ।

आइतबार सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेकी उमा शेर्पा विजयी हुनुभएको छ । शेर्पाले २ हजार ८ सय ५ मत पाउनुभएको छ ।
त्यस्तै माओवादी केन्द्रकी निमलेकी शेर्पाले २ हजार ६ सय मत पाउनुभएको छ । नेपाली कांग्रेसकी पासाङदिकी शेर्पाले भने १ हजार ७ सय २७ मत ल्याउनु भएको छ ।

सो गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीले एक सय मत पाएको छ । त्यस्तै राप्रपाले १ सय १८ र एकीकृत समाजवादी पार्टीले ९० मत ल्याएको छ । कूल ७ हजार ५ सय ९० मत खसेकोमा ७ हजार ४ सय ८० मत सदर भएको छ भने १ सय १० मत बदर भएको छ ।

२०७९ सालको निर्वाचनमा सो गाउँपालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रले गठबन्धन गरेका थिए । कांग्रेसबाट निर्वाचित उपाध्यक्षको निधनपछि भएको उपचुनावमा सबै पार्टीले एकल प्रतिस्पर्धा गरेका हुन् ।

प्रहरीको ज्यादती : युवक माथी प्रहरीको बुट
राजन बस्नेत

चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा...

भीमेश्वर ५ वडा अध्यक्ष कप छात्र फुटबल प्रतियोगिताको उपाधि द राइजिङ स्टार स्कुल चरीकोटलाइ
राजन बस्नेत

भीमेश्वर नगरपालिका वडा नम्बर ५ द्वारा आयोजित दोस्रो जिल्लाब्यापी मा.वि. स्तरीय छात्र फुटबल प्रतियोगिता – २०८१ ‘वडा अध्यक्ष कप’...

विश्वकपमा इतिहास रच्दै नेपाली खो खो टोली महिला र पुरुष दुवै फाइनलमा
राजन बस्नेत

भारतमा जारी खो खो विश्वकपमा नेपालको पुरूष टोली पनि फाइनल प्रवेश गरेको छ । यसअघि महिला टोलीले फाइनलको यात्रा...

अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकालाइ
राजन बस्नेत

दोलखा  जिल्ला कप अन्तर पालिका स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि बिगु गाउपालिकाले हात पारेको छ । जिल्ला भलिबल संघ...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु
राजन बस्नेत

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको जलेर मृत्यु भएको छ । लामोसाँघु-जिरी सडक खण्डको सिन्धुपाल्चोक स्थित ८ किलो नजिकै दोलखाबाट काठमाडौं...

दोलखाको भीमेश्वरमा कांग्रेसलाइ जनताको साथ : उर्लियो जनमास
राजन बस्नेत

नेपाली कांग्रेस भिमेश्वर नगर कार्यसमिति दोलखा द्वारा आयोजित नेपाली कांग्रेसका १०० दिने प्रशिक्षण तथा कार्यकर्ता भेला कार्यक्रम भब्य रुपमा...

.