नेपाली काङ्ग्रेस वडा समिति सुन्द्रावतिले गर्यो १ सय ५० जेष्ठ नागरीकलाइ सम्मान
राजन बस्नेत
राजन बस्नेत
आश्विन २१ दोलखा । नेपाली काङ्ग्रेस वडा समिति सुन्द्रावतिले जेष्ठ नागरीकहरुलाइ सम्मान गरेको छ ।
नेपाली काङ्ग्रेस कालिन्चोक गाउँ पालिका वडा नम्बर ९ सुद्रावती कार्यसमितिले आयोजना गरेको वडादशै तथा दीपावलीको शुभकामना आदान प्रदान गर्दै वडामा नेपाली काङ्ग्रेसमा लामो समय क्रियाशील रहि काङ्ग्रेसले प्रतिपादन गरेको सिद्दान्त अनुरुप अघि बढि वडाका जनताको सुख दुखमा निरन्तर साथ सहयोग गर्दै आउनुभएका १ सय ५० जेष्ठ नागरीकहरुलाइ कार्यक्रमका प्रमुख अतिथी नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति बर्मा लामाले एक समारोहका विच सम्मान पत्र र दोसल्ला ओढाइ सम्मान गर्नुभयो ।

सम्मान तथा सुभकामना आदनप्रदान कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै सभापति लामाले नेपाली काङ्ग्रेस नेपालको सबै भन्दा ठुलो समाजवादी-लोकतान्त्रीक राजनीतिक दल भएकाले जेस्ठ नागरीकहरुको हक ,अधिकार र सुरक्षाको निम्ति निरन्तर लागिरहने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
नेपाली काङ्ग्रेस जनताको पार्टी भएकाले चुनाव हारे पनि जिते पनि सिङ्गो नेपाली काङ्ग्रेस दोलखा र बर्मा लामा तपाइहरुको साथमा खम्बा भएर उभिन्थियो ,उभिन्छ र उभ्भीरहने छ । दोलखाका पुराना काङ्ग्रेस नेता गोपिलाल थामी माथी इङ्कित गर्दै सभापति लामाले गोपिलाल थामीमा दोलखा काङ्ग्रेसको ठुलो लगानी रहेको उल्लेख गर्दै बाटो नबिराइ सहि पथमा हिडे थामीलाइ आफुहरुले नेता मान्न तयार रहेको भन्दै मान्छे बाट गल्ति हुन सक्छ गल्तिलाइ सुधारेर अगाडी बढे दोलखा काङ्ग्रेसले क्षमादान गर्ने धारणा ब्यक्त गर्नु भयो ।
सम्मान प्राप्त गर्ने आइतमान थामीले काङ्ग्रेसले ढिलै भए पनि सम्झेर सकारात्म कार्यको थालनि गरेकोमा आफुहरु खुशी भएको बताउनु भयो ।

कालिन्चोक गाउपालीकाका नव नियुक्त पार्टी सभापति सन्जिप पाण्डेले कार्यवाहार सम्माले देखि नेपाली काङ्ग्रेसको गतिबिधिले समेत तिब्रता पाएको स्थानिय नेता तथा कार्यकर्ताको भनाइ छ ।

नेपाली काङ्ग्रेस वडा समिति सुन्द्रवतिका सभापति राजन पकुवालको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी नेपाली काङ्ग्रेस दोलखाका पार्टी सभापति बर्मा लामा ,नेपाली काङ्ग्रेस दोलखाका पार्टी उपसभापति एबम कालिन्चोक गाउपालीका अध्यक्ष अर्जुन प्रसाद सिवाकोटी , नेपाली काङ्ग्रेस बाग्मती प्रदेश सदस्य कल्पना खड्का ,काङ्ग्रेस नेता तारा खड्का ,नेपाली काङ्ग्रेस दोलखाका नेता जयराम श्रेष्ठ ,नेपाली काङ्ग्रेस दोलखाका पुर्ब पार्टी सचिव बालकृष्ण आचार्य ( सुर्य ) नेपाली काङ्ग्रेस कालिन्चोक गाउपालीका सभापति सन्जिप पाण्डे , नेपाली काङ्ग्रेस दोलखाका नेता एबम खेलकुद बिभाग प्रमुख पदम राज पाठक , नेपाली काङ्ग्रेस दोलखाका नेता एबम वडा अध्यक्ष राम प्रसाद मैनाली , सामाजिक अभीयानता माया थामी लगाएत नेता तथा कार्यकर्ताको बाक्लो उपस्थीतिमा कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको वडा अध्यक्ष राम प्रसाद मैनालीले जानकारी दिए ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
