२०८४ सालको निर्वाचनमा १६५ सिटमा नै माओवादीको उमेदवारी हुन्छ : प्रचण्ड
साझा दृष्टि संवाददाता
आश्विन १९ ,काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्य दलसँग मिलेर चुनाव लड्दालड्दा माओवादीको पहिचान नै संकटमा परेकाले २०८४ सालको निर्वाचनमा १६५ सिटमा नै माओवादीको उमेदवारी रहने जिकिर गरे ।
शनिबार पार्टीको दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले अब आउने चुनावमा सबै ठाउँमा माओवादीले एक्लै उम्मेदवारी दिने बताए ।
‘कहिले कांग्रेससँग, कहिले एमालेसँग समीकरण गरेर निर्वाचन लड्दालड्दा कता कता माओवादीको पहिचान हराउन लागेको हो कि आशंका सर्वत्र भएको छ । र, यो पटक हामी आफ्नै खुट्टामा उभिएर अहिले मात्रै होइन, २०८४ सालको निर्वाचनमा पनि माओवादी एक्लै १६५ सिटमा नै ३३० प्रदेशमा र सबै पालिकामा पनि हामी एक्लै चुनाव लडेर फेरी एकचोटी माओवादीलाई आफ्नो पहिचानसहित स्थापित गर्ने हामीले संकल्प लिँदैछौं’, उनले भने ।
उनले यही सन्देश दिनेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
प्रधानमन्त्रीको निर्देशनपछि कुलमानले दिए राजीनामा
साझा दृष्टि संवाददाताचुनावी सरकारमा तीन वटा मन्त्रालयको जिम्मेवारी लिएका कुलमान घिसिङले मन्त्रीबाट राजीनामा दिने उनको सचिवालयले बताएको छ। घिसिङले सुशीला कार्की...
बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाताकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...
पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
