पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई तत्काल रिहा गर्न अदालतको आदेश

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

पाकिस्तानको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री इमरान खानलाई गैरकानुनी रुपमा पक्राउ गरेको भन्दै रिहा गर्न आदेश दिएको छ । बिहीबार सर्वोच्च अदालतले उनको गिरफ्तारी अवैध रहेको भन्दै रिहाइका लागि आदेश दिएको हो ।

अदालतले खानलाई भोलि शुक्रबार इस्लामावाद उच्च अदालतमा जान र अदालतको फैसला स्वीकार्न पनि भनेको छ । भ्रष्टाचारसम्बन्धी एक मुद्दामा इमरान खानलाई मंगलबार अदालत परिसरबाटै गिरफ्तार गरिएको थियो ।

पाकिस्तानका प्रधान न्यायधीश उमर अता बन्दियालले इमरान खानको सुरक्षामा ध्यान दिँदै प्रहरीले आफ्नो गेष्ट हाउसमा राख्न सक्ने तर उनीमाथि थुनुवा वा कैदीको व्यवहार गर्न नपाउने आदेश जारी गरेका पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् ।

खानको गिरफ्तारीपछि पाकिस्तानमा अशान्तिको स्थिति देखिएको छ । पीटीआईले आफ्ना समर्थकलाई इमरान खानको समर्थनमा आउन आग्रह गरेसँगै देशभर विभिन्न विरोध प्रदर्शन भएका छन् । प्रदर्शनका क्रममा कम्तीमा १० जनाको मृत्यु भएको छ भने करिब दुई हजारभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

देशभरबाट सयौँ प्रदर्शनकारी पक्राउसमेत परेका छन् ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.