आईपीएल : बेङ्गलोरसँग राजस्थान फराकिलो अन्तरले पराजित
साझा दृष्टि संवाददाता
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोरले राजस्थान रोयल्सलाई १ सय १२ रनको फराकिलो अन्तरले हराएको छ ।
बेङ्गलोरले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको राजस्थान १० ओभर ३ बलमा ५९ रनमै अलआउट भयो । राजस्थानका शिमरन हेटमायरले सर्वाधिक ३५ रन बनाए पनि अन्य ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । राजस्थानका पाँच जना खेलाडीले एक रन पनि जोड्न सकेनन् ।
बलिङतर्फ बेङ्गलोरका वेन पार्नेलले ३ तथा माइकल ब्रेसवेल र करन शर्माले २र२ विकेट लिए । यसअघि जयपुरमा टस जितेर ब्याटिङ गरेको बेङ्गलोरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनायो । बेङ्गलोरका फाफ डु प्लेसिसले ५५, ग्लेन म्याक्सवेलले ५४ र अनुज रावतले नटआउट २९ रन बनाए ।
बलिङतर्फ राजस्थानका एडम जम्पा र केएम आसिफले २र२ विकेट लिए । यो जितसँगै बेङ्गलोर १२ खेलमा १२ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ। १३ खेलमा १२ अङ्क भएको राजस्थान छैटौँ स्थानमा छ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
