ए डिभिजन लिग : जावलाखेल मनाङसँग बराबरीमा रोकियो


८० मिनेटसम्म लिएको अग्रतालाई अन्तिम १० मिनेट कायम राख्न नसक्दा जावलाखेल युथ क्लव राजधानीमा जारी शहीद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी फुटबल क्लवसँग बराबरीमा रोकिएको छ।
लतिपुरस्थित च्यासल मैदानमा सम्पन्न खेलमा जावलाखेलले दुई गोलको अग्रता जोगाउन नसक्दा मनाङ मस्र्याङ्दी क्लवबिरुद्ध २–२ को बराबरीमा रोकिएको हो । निकै रोमाञ्चक बनेको खेलमा जावलाखेलका लागि एनकोटो मासोबी र हिसुब थपलियाले शुरुवाती अग्रता दिलाए पनि मनाङका लागि विशोन गुरुङ र सुमित श्रेष्ठले अन्तिम १० मिनेट भित्र दुई गोल गरेपछि मनाङले अंक खोस्न सफल भएको हो ।
बराबरी पछि शीर्ष स्थानमा रहेको जावलाखेलले दोस्रो स्थानमा रहेको चर्च ब्वाईजसँग तीन अंकको अग्रता बनाउने अवसर गुमाएको छ । शुरुवातमा आक्रामक खेल्दै मनाङलाई दबाबमा राखेको जावलाखेलका लागि खेलको ३४औं मिनेटमा मासोबीले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । विनोद केसीले प्रदान गरेको बललाई नियन्त्रणमा लिँदै मनाङका गोलकिपर दीप कार्कीलाई बिट गर्दै मासेबीले जाली चुमाउन सफल भएका थिए।
त्यसपछि पहिलो हाफमा थप गोल हुन सकेन र जावलाखेल पहिलो हाफमा अग्रता कायम राख्न सफल भएको थियो। ७५ औं मिनेटमा हिसुबले
जावलाखेलको अग्रता दोब्बर बनाए । हिसुबले फोडे फोफनाको पासलाई सदुपयोग टोलीलाई अगाडि बढाउँदा ८१ औं मिनेटमा विसोनले गोल गर्दै खेललाई २–१ को स्थितीमा ल्याए ।
विसोनले कोफी टिमोथी कोडुको पासलाई सदुपयोग गर्दै आकर्षक गोल गर्न सफल भएका थिए । त्यसपछि तालमेलेको अभावको फाइदा उठाउँदो मनाङले अन्तिम मिनेटमा गोल थप्दै खेल २–२ को बराबरीमा ल्यायो र दुवै टोलीबाट थप गोल हुन सकेन । बाँकी समयमा बल पोजिसनमा अगाडी देखिएको मनाङले पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेन ।
यससँगै लिगमा मनाङबिरुद्ध जावलाखेल अपराजित रह्यो । पहिलो लेगमा जावलाखेल ३–० ले विजयी भएको थियो । यस बराबरीसँगै जावलाखेलले शीर्ष स्थानमा स्पष्ट तीन अंकको अग्रता लिने अवसर गुमाएको हो । जावलाखेलको १८ खेलमा ३१ अंक छ । एक खेल कम खेलेको चर्च ब्वाईज ३० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
मनाङ १८ खेलमा २२ अंकका साथ सातौं स्थानमा उक्लिएको छ। लिग अन्तर्गत आईतवार एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा पनि न्युरोड टिम (एनआरटी) र फ्रेण्ड्स क्लवले पनि समान २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीमा रोकिए पनि फ्रेण्ड्स क्लवले शहीद स्मारक ‘ए’ डिभिजन लिगको रेलिगेसन क्षेत्र छाडेको छ ।
खेलको २८ औं मिनेटमा रफिक अमिनुले फ्रेण्ड्सलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा अमित तामाङको आत्मघाती गोलमार्फत एनआरटी बराबरीमा आएको थियो । ६६ औं मिनेटमा अमितले पेनाल्टीमार्फत गोल गर्दै फ्रेण्ड्सलाई २–१ ले अगाडी बढाए । ८९ औं मिनेटमा निकोलस सङ्गले गोल गर्दै एनआरटीलाई हारबाट जोगाए । लिगमा एनआरटी विरुद्ध फ्रेण्ड्स अपराजित रहेको हो । पहिलो लेगमा फ्रेण्ड्स ३–१ ले विजयी भएको थियो ।
यस बराबरीसँगै १८ खेलमा २० अंक जोडेको फ्रेण्ड्स १२ औं स्थानमा उक्लिएको छ। फ्रेण्ड्स रेलिगेशन क्षेत्रको नेपाल पुलिस क्लवको भन्दा
मात्र एक अंक बढी हो । एनआरटी १८ खेलमा २२ अंकका साथ नवौं स्थानमा यथावत छ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...