स्वास्थ्य उपचार नपाई मृत्युवरण गर्न नपर्ने : स्वास्थ्यमन्त्री बस्नेत
साझा दृष्टि संवाददाता
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेतले अब कसैले पनि स्वास्थ्य उपचार नपाई मृत्युवरण गर्न नपर्ने बताएका छन् ।
हेलम्बु-३ स्थित पाल्चोक खानेपानी आयोजनाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले गरिबले अस्पतालमा गएर उपचार गर्न सक्ने अवस्था नभएको र अहिलेको समयमा पनि थुन्से र डोकोमा हालेर अस्पतालमा लैजान बाध्य भएको भन्दै सुर्तीजन्य पदार्थमा कर बढाई सो करबाट गरिबलाई नि:शुल्क उपचार गर्ने व्यवस्था ल्याउन लागिएको बताएका हुन् ।
साथै गरिबका छोराछोरीले निःशुल्क पढ्न पाउनुपर्छ भनेर अभियान चलाइने र जिल्लाको बाह्रबिसे नगरपालिकाबाट सुरु भइसकेको पनि उनले जानकारी दिए ।
मन्त्री बस्नेतले पाल्चोक मन्दिरलाई व्यवस्थित र आकर्षित बनाउने तथा पाल्चोकलाई पर्यटकीय गन्तव्य बनाउने प्रतिबद्धता जनाए । साथै पाल्चोकमा स्वास्थ्य चौकीको भवन व्यवस्थित नभएको बताउँदै यसको लागि पहल गर्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समीरले आफ्नो कार्यकालमा सडक र खानेपानीमा धेरै काम बताए । उनले आफूले सांसद भएदेखि नै प्रदेश सरकार समक्ष यहाँका समग्र समस्या अवगत गराउँदै आएको उल्लेख गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता कान्छा लामा, बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री निमा लामा सहितले शुभकामना मन्तव्य राखेका थिए ।
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददातालुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाताकाठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
