अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित


दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधरण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद दहालको अध्यक्षता तथा भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै नगर प्रमुख मानन्धरले सहकारीका माध्यमबाट नै आर्थिक समृद्धि हुने भएकोले सहकारीलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताउनु भएको थियो । उहाँले शेयर सदश्यले आफ्नो गाँस कटाएर जम्मा गरेको बचतलाई उत्पादन र आयमूलक काममा लगाउनु पर्ने र सदश्यहरूको जीवन परिवर्तन गर्न भूमिका खेल्नु पर्ने बताउनुभयो कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मानन्धरले आर्थिक संकटको अबस्थामा सहकारीहरुले रचनात्मक भूकिका खेल्नुपर्ने समेत बताउनुभयो ।
साधारण सभामा कार्यक्रममा विशिष्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि, (नेफ्स्कुन) का सञ्चालक समिति सदस्य जीवसराज खड्काले अर्थभूभि साकोस जिल्लाकै अग्रणी संस्था रहेको बताउनुभयो । उहाँले अर्थभूभि साकोस छोटो समयमा नै शेयर सदश्यको मन जित्न सफल उत्कृष्ट सहकारी संस्था रहेको र सहकारीको मूल्य र मान्यतामा रहेर संचालन गरिएको पाइएको बताउनुभयो । साथै उहाँले संस्थाको आर्थिक प्रगतिको प्रसंशासमेत गर्नुभएको थियो ।
कार्यक्रमका अतिथि जिल्ला सहकारी संघका उपाध्यक्ष देवीप्रसाद शर्मा लगायतले मन्तव्य राख्दै स्थानिय सरकारले आफ्नो स्थानिय तहमा सञ्चालित सहकारी संस्थाहरुको विवरण अद्यावधिक गर्नुपर्ने र स्थानिय तहहरुले संस्थाका कामहरुमा आवश्यक सहजीकरण गर्नुपर्ने धारण व्यक्त गर्नुभएको थियो । सभामा सहकारीका कोषाध्यक्ष रामकृष्ण श्रेष्ठले गत आर्थिक वर्ष२०७९/८० को वित्तिय विवरण सार्वजनिक गर्नुभएको थियो । उहाँले संस्थाको कूल पूँजी ३५ करोड २३ लाख ८४ हजार ४ सय ६८ रुपैया रहेको जानकारी दिनुभयो कोषाध्यक्ष श्रेष्ठले आर्थिक वर्षमा संस्थाले कुल ३ करोड ७० लाख ६ हजार ७४४ रुपैँया आम्दानी गरेको बताउनुभयो । संस्थाको शेयर पूँजी २ करोड ७४ लाख ४८ हजार १०० रहेको छ ।
कार्यक्रममा संस्थाका सचिव ध्रुब सापकोटाले संस्थाको सञ्चालक समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाका सचिव ध्रुब सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रमा उपस्थित अतिथिहरुलाई संस्थाका उपाध्यक्ष यज्ञ खत्रीले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा नियमित बचतकर्ता, उत्कृष्ट ऋणी, बालबचतकर्ता लगायत पूर्व सञ्चालक तारानाथ चौलागाई र संस्थाका व्यवस्थापक मनकुमार श्रेष्ठलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाले दोलखा जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाइ सदस्यहरुलाई सेवा दिँदै आएको छ भने आव ०७९/८० को अन्त्य सम्म जम्मा शेयर सदस्य ३९१५ जना तथा बाल बचतकर्ता ८३३ जना रहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद दहालले जानकारी दिनुभयो ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...