अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता
दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ वार्षिक साधरण सभा सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष कृष्णप्रसाद दहालको अध्यक्षता तथा भिमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतिथ्यमा सभा सम्पन्न भएको हो । सभालाई सम्बोधन गर्दै नगर प्रमुख मानन्धरले सहकारीका माध्यमबाट नै आर्थिक समृद्धि हुने भएकोले सहकारीलाई उत्पादनमा जोड्न आवश्यक रहेको बताउनु भएको थियो । उहाँले शेयर सदश्यले आफ्नो गाँस कटाएर जम्मा गरेको बचतलाई उत्पादन र आयमूलक काममा लगाउनु पर्ने र सदश्यहरूको जीवन परिवर्तन गर्न भूमिका खेल्नु पर्ने बताउनुभयो कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख मानन्धरले आर्थिक संकटको अबस्थामा सहकारीहरुले रचनात्मक भूकिका खेल्नुपर्ने समेत बताउनुभयो ।

साधारण सभामा कार्यक्रममा विशिष्ट अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि, (नेफ्स्कुन) का सञ्चालक समिति सदस्य जीवसराज खड्काले अर्थभूभि साकोस जिल्लाकै अग्रणी संस्था रहेको बताउनुभयो । उहाँले अर्थभूभि साकोस छोटो समयमा नै शेयर सदश्यको मन जित्न सफल उत्कृष्ट सहकारी संस्था रहेको र सहकारीको मूल्य र मान्यतामा रहेर संचालन गरिएको पाइएको बताउनुभयो । साथै उहाँले संस्थाको आर्थिक प्रगतिको प्रसंशासमेत गर्नुभएको थियो ।
कार्यक्रमका अतिथि जिल्ला सहकारी संघका उपाध्यक्ष देवीप्रसाद शर्मा लगायतले मन्तव्य राख्दै स्थानिय सरकारले आफ्नो स्थानिय तहमा सञ्चालित सहकारी संस्थाहरुको विवरण अद्यावधिक गर्नुपर्ने र स्थानिय तहहरुले संस्थाका कामहरुमा आवश्यक सहजीकरण गर्नुपर्ने धारण व्यक्त गर्नुभएको थियो । सभामा सहकारीका कोषाध्यक्ष रामकृष्ण श्रेष्ठले गत आर्थिक वर्ष२०७९/८० को वित्तिय विवरण सार्वजनिक गर्नुभएको थियो । उहाँले संस्थाको कूल पूँजी ३५ करोड २३ लाख ८४ हजार ४ सय ६८ रुपैया रहेको जानकारी दिनुभयो कोषाध्यक्ष श्रेष्ठले आर्थिक वर्षमा संस्थाले कुल ३ करोड ७० लाख ६ हजार ७४४ रुपैँया आम्दानी गरेको बताउनुभयो । संस्थाको शेयर पूँजी २ करोड ७४ लाख ४८ हजार १०० रहेको छ ।

कार्यक्रममा संस्थाका सचिव ध्रुब सापकोटाले संस्थाको सञ्चालक समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । संस्थाका सचिव ध्रुब सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रमा उपस्थित अतिथिहरुलाई संस्थाका उपाध्यक्ष यज्ञ खत्रीले मन्तव्यद्वारा स्वागत गर्नुभएको थियो । कार्यक्रममा नियमित बचतकर्ता, उत्कृष्ट ऋणी, बालबचतकर्ता लगायत पूर्व सञ्चालक तारानाथ चौलागाई र संस्थाका व्यवस्थापक मनकुमार श्रेष्ठलाई नगद र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाले दोलखा जिल्लाभर आफ्नो कार्यक्षेत्र बनाइ सदस्यहरुलाई सेवा दिँदै आएको छ भने आव ०७९/८० को अन्त्य सम्म जम्मा शेयर सदस्य ३९१५ जना तथा बाल बचतकर्ता ८३३ जना रहेको संस्थाका अध्यक्ष कृष्णप्रसाद दहालले जानकारी दिनुभयो ।
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददातालुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाताकाठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
