किन बर्सेनि घाटामा जान्छ माथिल्लो तामाकोशी जलविद्युत आयोजना

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

स्वदेशी लगानीमा निर्मित जलविद्युत आयोजना माथिल्लो तामाकोशीको घाटा बर्सेनि बढेको छ।

गत आर्थिक वर्ष ८ अर्बको बिजुली बेच्दा पनि माथिल्लो तामाकोशीले ब्याजलाई मात्रै ७ अर्ब ३९ करोड रुपैयाँ भुक्तानी गरेको छ। आम्दानी बढे पनि कम्पनीको नोक्सानी पोहोरभन्दा वृद्धि भएको छ।

कम्पनी असार मसान्तसम्म ३ अर्ब ७५ करोड रुपैयाँ घाटामा छ। पोहोर पनि कम्पनी २ अर्ब ३१ करोड रुपैयाँ घाटामा थियो। विद्युत बिक्रीमा सुधार भए पनि कम्पनीको नोक्सानी झनै बढेको देखिन्छ।

गत आर्थिक वर्ष कम्पनीले ८ अर्ब १२ करोड रुपैयाँको बिजुली बेच्यो। जुन अघिल्लो आर्थिक वर्षभन्दा १४.२१ बढी हो। पोहोर असारमा यस्तो आम्दानी ७ अर्ब ११ करोड रुपैयाँ थियो।

उक्त आम्दानीको ९१ प्रतिशत रकम तामाकोशीले ब्याज तिरेको छ। ब्याज भुक्तानीलाई तिरेको रकम मात्रै २८ प्रतिशत वृद्धि भएको छ। ७३ अर्ब १५ करोड रुपैयाँ दीर्घकालीन कर्जा छ। १० अर्ब ६५ लाख अल्पकालीन कर्जा र दायित्व छन्।

 

कम्पनीको प्रति सेयर आम्दानी ३५.४९ रुपैयाँ ऋणात्मक छ। र प्रति सेयर नेटवर्थ ३४.६७ रुपैयाँमा ओर्लिसकेको हो।

यसबीच कम्पनीले २२ मेगावटको रोल्वालिङ आयोजना निर्माण गर्न कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद बिक्री गर्दैछ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.