बिगु पहिरोमा बेपत्ता भएका छोराको शव फेला,बाबु अझै बेपत्ता
साझा दृष्टि संवाददाता
राजकुमार भुजेल
दोलखा २८ साउन । दोलखाको बिगु गाउँपालिकामा पहिरोमा परेर बेपत्ता भएका बाबु छोरा मध्ये छोराको शव फेला परेको छ। आज दिउँसो करिब साडे १२ बजे गाउँपालिकाको वडा न ७ का ३५ वर्षीय निमदोर्जे शेर्पा र उनका १२ वर्षिय छोरा पासाङ शेर्पा गाउँको तिनपाटे जङ्गलमा निगुरो टिप्नने क्रममा उनीहरुलाई माथिबाट आएको पहिरोले सोरेर खोलामा पुराएर बेपत्ता भएका थिए। बेपत्ता भएका बाबुछोरा मध्ये छोराको शव फेला परेको वडा अध्यक्ष दल बहादुर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार तिनपाटे तलकोको ठुलो खोलामा मुडाको चेपमा बालकको शव फेला परेको हो। अध्यक्ष श्रेष्ठले भने “दिनभर पानीले खेला बढेपछि घटना स्थलमा जान कठिनाई भएकोले बेलुका पख पानी को वहाफ कम भएपछि खोजी गरेका हौँ ,खोजि गर्दा छोराको शव फेला पर्यो बाउ को परेन ।
त्यस्तै जिल्लामा आज विहानैदेखि अधिकाश भागमा पानी परेको छ।
अहिले छोराको शव फेला परेपछि शवलाई गाउको गुम्बामा लेराइ पुराएको र बाउको खोजी कार्य आज रात परेको र रातको समयमा खोजी कार्य गर्न कठिनाइ भएकोले भोलि बिहान सम्मको लागि स्थगित गरेको वडा अध्यक्ष श्रेष्ठले बताए।
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित
विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददातालुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...
दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददातादोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...
विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाताकाठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाताकाठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...
नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाताबागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...
नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाताएसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ। ...
