बिगु पहिरोमा बेपत्ता भएका छोराको शव फेला,बाबु अझै बेपत्ता
साझा दृष्टि संवाददाता
राजकुमार भुजेल
दोलखा २८ साउन । दोलखाको बिगु गाउँपालिकामा पहिरोमा परेर बेपत्ता भएका बाबु छोरा मध्ये छोराको शव फेला परेको छ। आज दिउँसो करिब साडे १२ बजे गाउँपालिकाको वडा न ७ का ३५ वर्षीय निमदोर्जे शेर्पा र उनका १२ वर्षिय छोरा पासाङ शेर्पा गाउँको तिनपाटे जङ्गलमा निगुरो टिप्नने क्रममा उनीहरुलाई माथिबाट आएको पहिरोले सोरेर खोलामा पुराएर बेपत्ता भएका थिए। बेपत्ता भएका बाबुछोरा मध्ये छोराको शव फेला परेको वडा अध्यक्ष दल बहादुर श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार तिनपाटे तलकोको ठुलो खोलामा मुडाको चेपमा बालकको शव फेला परेको हो। अध्यक्ष श्रेष्ठले भने “दिनभर पानीले खेला बढेपछि घटना स्थलमा जान कठिनाई भएकोले बेलुका पख पानी को वहाफ कम भएपछि खोजी गरेका हौँ ,खोजि गर्दा छोराको शव फेला पर्यो बाउ को परेन ।
त्यस्तै जिल्लामा आज विहानैदेखि अधिकाश भागमा पानी परेको छ।
अहिले छोराको शव फेला परेपछि शवलाई गाउको गुम्बामा लेराइ पुराएको र बाउको खोजी कार्य आज रात परेको र रातको समयमा खोजी कार्य गर्न कठिनाइ भएकोले भोलि बिहान सम्मको लागि स्थगित गरेको वडा अध्यक्ष श्रेष्ठले बताए।
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
