अमर माबिको पूर्वविद्यार्थी समाज गठन

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

काठमाडाै २७ साउन ।  दोलखाको तामाकोसी गाउँपालिका-२ झूलेमा बि.सं. २००८ सालमा स्थापित श्री अमर माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्याथीहरूले पूर्वविद्यार्थी समाज गठन गरेका छन् ।

विभिन्न समयमा यो विद्यालयमा अध्ययन गरेका विद्यार्थी शनिवार काठमाडौंको शान्तिनगरमा भेला भई ‘श्री अमर मावि पूर्व विद्यार्थी समाज’ गठन गरेका हुन् ।

उक्त भेलाले समाजको श्री देवराज कार्कीको ११ सदस्यीय तदर्थ समिति सर्वसम्मत गठन गरेको छ । समितिमा उपाध्यक्ष दिपक केसी, महासचिव सुरेश काफ्ले, सचिव बरूण पाख्रिन, काेषाध्यक्ष प्रेम कार्की छन् । यस्तै जिवसराज खड्का, हिमाल कार्की, उमेश कार्की, सविता न्यौपाने, राेशन काफ्ले र पवन महत सदस्य छन् ।

“विभिन्न क्षेत्रबाट आर्जित ज्ञान, सीप, अनुभव र दक्षता थोरै मात्रामा भए पनि आफूले अध्ययन गरेको विद्यालयमा समर्पण गर्ने उद्देश्यले पूर्व विद्यार्थी समाज गठन गरिएको हो,” समाजमा अध्यक्ष  कार्कीले भने । ‘जसरी मानिसले लिएको प्रथम श्वास लिएको हावा माटो र पानीप्रति हाम्रा विशेष कर्तव्य हुन्छन्, त्यसरी नै शिक्षारम्भ गरेको पवित्र स्थलप्रति पनि केही कर्तव्य पालना गर्नुपर्छ भन्ने उद्देश्य हामीले लिएका छौं ।’

कार्यक्रममा यो विद्यालयमा अध्ययन गरी स्वदेश तथा विदेशमा विभिन्न पेशा व्यवसाय गरी बसेका विद्यार्थीको जमघट थियो । प्रा.डा. गोविन्द के.सी. नेपाल सरकारका पूर्व-सचिव देवेन्द्र कार्की, नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका कार्यक्रम निर्देशक रत्न कार्की, राजनीतिक विश्लेषक बाबुकाजी कार्की, समाजसेवी भाइकृष्ण काफ्ले, साहित्यकार श्रीबाबु कार्कीलगायत पाँच दर्जन पूर्वविद्यार्थीहरूको उपस्थित रहेको थियो । समाजले ६ महिनाभित्र संस्थाको विधान मस्यौदा गरि, जिल्ला प्रशासन काठमाडौंमा विधिवतरूपमा समाज दर्ता गर्ने लक्ष राखेको छ ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
10 घण्टा अगाडि साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.