अमर माबिको पूर्वविद्यार्थी समाज गठन
साझा दृष्टि संवाददाता
काठमाडाै २७ साउन । दोलखाको तामाकोसी गाउँपालिका-२ झूलेमा बि.सं. २००८ सालमा स्थापित श्री अमर माध्यमिक विद्यालयमा अध्ययन गरेका विद्याथीहरूले पूर्वविद्यार्थी समाज गठन गरेका छन् ।
विभिन्न समयमा यो विद्यालयमा अध्ययन गरेका विद्यार्थी शनिवार काठमाडौंको शान्तिनगरमा भेला भई ‘श्री अमर मावि पूर्व विद्यार्थी समाज’ गठन गरेका हुन् ।
उक्त भेलाले समाजको श्री देवराज कार्कीको ११ सदस्यीय तदर्थ समिति सर्वसम्मत गठन गरेको छ । समितिमा उपाध्यक्ष दिपक केसी, महासचिव सुरेश काफ्ले, सचिव बरूण पाख्रिन, काेषाध्यक्ष प्रेम कार्की छन् । यस्तै जिवसराज खड्का, हिमाल कार्की, उमेश कार्की, सविता न्यौपाने, राेशन काफ्ले र पवन महत सदस्य छन् ।
“विभिन्न क्षेत्रबाट आर्जित ज्ञान, सीप, अनुभव र दक्षता थोरै मात्रामा भए पनि आफूले अध्ययन गरेको विद्यालयमा समर्पण गर्ने उद्देश्यले पूर्व विद्यार्थी समाज गठन गरिएको हो,” समाजमा अध्यक्ष कार्कीले भने । ‘जसरी मानिसले लिएको प्रथम श्वास लिएको हावा माटो र पानीप्रति हाम्रा विशेष कर्तव्य हुन्छन्, त्यसरी नै शिक्षारम्भ गरेको पवित्र स्थलप्रति पनि केही कर्तव्य पालना गर्नुपर्छ भन्ने उद्देश्य हामीले लिएका छौं ।’
कार्यक्रममा यो विद्यालयमा अध्ययन गरी स्वदेश तथा विदेशमा विभिन्न पेशा व्यवसाय गरी बसेका विद्यार्थीको जमघट थियो । प्रा.डा. गोविन्द के.सी. नेपाल सरकारका पूर्व-सचिव देवेन्द्र कार्की, नेपाल ग्रामीण पुनर्निर्माण संस्थाका कार्यक्रम निर्देशक रत्न कार्की, राजनीतिक विश्लेषक बाबुकाजी कार्की, समाजसेवी भाइकृष्ण काफ्ले, साहित्यकार श्रीबाबु कार्कीलगायत पाँच दर्जन पूर्वविद्यार्थीहरूको उपस्थित रहेको थियो । समाजले ६ महिनाभित्र संस्थाको विधान मस्यौदा गरि, जिल्ला प्रशासन काठमाडौंमा विधिवतरूपमा समाज दर्ता गर्ने लक्ष राखेको छ ।
दोलखाको कालापानीमा इभी माइक्रो दुर्घटना १ को मृत्यु १४ जना घाइते
19 घण्टा अगाडि राजन बस्नेतदोलखाको शैलुङको कालापानीमा इभि माइक्रो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन ।...
प्रहरीको प्रारम्भिक अनुसन्धान भन्छ– जेन-जी आन्दोलन भड्काउने मुख्य भूमिका टिओबीको
साझा दृष्टि संवाददातारेडियो सेटसहित आन्दोलनमा सहभागी भएको थियो टिओबी समूह गत २३ र २४ भदौको जेन–जी आन्दोलन भड्काउन टिब्बटेन ओरिजिनल ब्लड...
यसरी सम्भव भयो दुई पटकको विश्वविजेता वेस्ट इन्डिजविरूद्ध नेपालको ऐतिहासिक जित
राजन बस्नेतनेपालले आइसिसीको पूर्ण सदस्यविरूद्ध पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा जित निकालेको छ। युएईको शारजाहमा शनिबार भएको पहिलो टी-२० खेलमा नेपालले...
दुर्गा प्रसाईँको दाबी- जेन जी आन्दोलनपछि सेनापतिले प्रधानमन्त्री अफर गरे, मैले मानिनँ
साझा दृष्टि संवाददाताविराटनगर । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि आफूलाई प्रधानमन्त्रीको...
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको चुनाव गराउने हाम्रो कार्यक्षेत्रमा पर्दैन: प्रधानमन्त्री कार्की
साझा दृष्टि संवाददाताप्रधानमन्त्री सुशीला कार्कीले नेपालको मौजुदा शासकीय स्वरूप (प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री/ राष्ट्रपति सहितको व्यवस्था) को पुनर्संरचना वर्तमान सरकारको कार्यक्षेत्र भन्दा बाहिर...
बाबुराम भट्टराईले दिए अध्यक्षबाट राजीनामा
साझा दृष्टि संवाददातानेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा.बाबुराम भट्टराईले पदबाट राजीनामा दिएका छन्। काठमाडौँमा बुधबार बसेको केन्द्रीय समितिको विशेष...
