दोलखाबाट काठमाडौं गइरहेको यात्रुवाहक बस शुक्रबार बलेफीको खाडिचौरमा ठोक्किँदा ८ जना घाइते


राजन बस्नेत
दोलखा २६ साउन । दोलखाबाट काठमाडौं गइरहेको यात्रुवाहक बस शुक्रबार बलेफी गाउँपालिकाको खाडीचौर बजारमा पसलमा ठोक्किँदा ८ जना घाइते भएका छन् ।
इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार घाइते सबैलाई तत्काल उपचारका लागि सिन्धु सदाबहार अस्पताल लगिएको छ ।
बा ४ ख १९३३ नम्बरको अरनिको यातायातको यात्रुबसमा १२ जना भन्दा बढी यात्रु सवार थिए । बस ब्रेक फेल भएर अनियन्त्रित भएपछि खाडीचौर पुलबाट सिधै व्यवसायीको कपडा पसलमा गएर ठोक्किएको थियोे । बीच बजारमा एकाएक बस ठोक्किएपछि स्थानीयहरु तर्सिएका थिए ।
प्रत्यक्षदर्शी हरी तमाङ्ले घटना भएलगत्तै स्थानीयले घाइतेलाई तत्काल स्थानीय सिन्धु सदाबहार अस्पताल पुर्याएको बताए । ‘अचानक धड्याम्म आवाज आयो, के भएको भनेर हेर्दा बस ठोक्किए छ, समयमा सवारी रोकियो, र अस्पताल लगिएकोले डरलाग्दो दुर्घटना हुनबाट जोगियो, तामाङ भने ।
यात्रुबसका चालक, बस ठोक्किएको पसलका सञ्चालकसहित ८ जना घाइतेको अवस्था अहिले सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् । ‘अहिले क्षतिग्रस्त यात्रु बस सडक बीचमा नै रोकिएको छ, हटाउन प्रयासरत छौं, घाइतेबारे विवरण संकलन गर्दैछौं,’ प्रहरी निरीक्षक न्यौपानेले भने । दुर्घटनाका कारण दुई पसलमा क्षति पुगेको छ ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...