दोलखाबाट काठमाडौं गइरहेको यात्रुवाहक बस शुक्रबार बलेफीको खाडिचौरमा ठोक्किँदा ८ जना घाइते

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

 

राजन बस्नेत

दोलखा २६ साउन । दोलखाबाट काठमाडौं गइरहेको यात्रुवाहक बस शुक्रबार बलेफी गाउँपालिकाको खाडीचौर बजारमा पसलमा ठोक्किँदा ८ जना घाइते भएका छन् ।

इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेका अनुसार घाइते सबैलाई तत्काल उपचारका लागि सिन्धु सदाबहार अस्पताल लगिएको छ ।
बा ४ ख १९३३ नम्बरको अरनिको यातायातको यात्रुबसमा १२ जना भन्दा बढी यात्रु सवार थिए । बस ब्रेक फेल भएर अनियन्त्रित भएपछि खाडीचौर पुलबाट सिधै व्यवसायीको कपडा पसलमा गएर ठोक्किएको थियोे । बीच बजारमा एकाएक बस ठोक्किएपछि स्थानीयहरु तर्सिएका थिए ।

प्रत्यक्षदर्शी हरी तमाङ्ले घटना भएलगत्तै स्थानीयले घाइतेलाई तत्काल स्थानीय सिन्धु सदाबहार अस्पताल पुर्‍याएको बताए । ‘अचानक धड्याम्म आवाज आयो, के भएको भनेर हेर्दा बस ठोक्किए छ, समयमा सवारी रोकियो, र अस्पताल लगिएकोले डरलाग्दो दुर्घटना हुनबाट जोगियो, तामाङ भने ।

यात्रुबसका चालक, बस ठोक्किएको पसलका सञ्चालकसहित ८ जना घाइतेको अवस्था अहिले सामान्य रहेको स्वास्थ्यकर्मीले बताएका छन् । ‘अहिले क्षतिग्रस्त यात्रु बस सडक बीचमा नै रोकिएको छ, हटाउन प्रयासरत छौं, घाइतेबारे विवरण संकलन गर्दैछौं,’ प्रहरी निरीक्षक न्यौपानेले भने । दुर्घटनाका कारण दुई पसलमा क्षति पुगेको छ ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.