सामुदायिक वन दिवसको अवसरमा कविता प्रतियोगिता सम्पन्न

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत

दोलखा २६ साउन । दोलखाको सदरमुकाम चरिकोटमा “वन वातावरण तथा जलवायु परिवर्तन विषयक” कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ।‌ सामुदायिक वन दिवसको अवसरमा डिभिजन वन कार्यालयको सहकार्यमा सामुदायिक बन उपभोक्ता महासंघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा राईजिङ स्टार स्कुलकी छात्रा विपाशा खड्का प्रथम, पशुपति कन्या माविका छात्रा गंगा गाैतमले द्वितिय , कुटीडाँडा माविका छात्रा रिमना कार्की तृतीय र कालिञ्चोक माविकि छात्रा सिवानी श्रेष्ठले सान्त्वना स्थान प्राप्त गरेकी थिइन् ।


विजयी प्रतियोगिताहरुलाई क्रमशः तीन हजार, दुई हजार पाँच सय, एक हजार पाँच सय र एक हजार रुपैयाँ नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो । उनीहरूलाई भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर मानन्धर, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष जगन्नाथ बस्नेतले सम्मान गरेका थिए। सो अवसरमा मेयर मानन्धरले जलवायु परिवर्तनको असर समग्र प्राणीमा पर्ने भएकोले यसलाई न्युनीकरण गर्नु जरुरी रहेको बताए। उनले नगरपालिकाले वन तथा वातावरणीय संरक्षणको क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै यसमा नगरबासीको साथ सहयोग महत्वपूर्ण रहेको बताए।‌

डिभिजन बन कार्यलय दोलखाका प्रमुख थिर बहादुर कार्की ले सामुदायिक बन एक स्वतन्त्र, अविछिन्न उत्तराधिकारीवाला, स्वशासित, गैरसाम्प्रदायिक, गैरराजनीतिक,मुनाफारहित एक सामुदाकि संस्था भएको धारणा व्यक्त गर्दै यसको संरक्षणमा सबै सम्बन्धित सरोकारवाला निकाय लाग्नु पर्ने स्पष्ट पार्नुभयो ।


“उत्पादन,रोजगार र सम्बृद्दिका लागी बन ब्यबस्थापन” भन्ने नाराका साथ भएको प्रतियोगिता सामुदायिक बन महासंघ दोलखाका अध्यक्ष जगन्नाथ बस्नेतको अध्यक्षता सम्पन्न भएको थियो ।

 

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.