सामुदायिक वन दिवसको अवसरमा कविता प्रतियोगिता सम्पन्न


राजन बस्नेत
दोलखा २६ साउन । दोलखाको सदरमुकाम चरिकोटमा “वन वातावरण तथा जलवायु परिवर्तन विषयक” कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। सामुदायिक वन दिवसको अवसरमा डिभिजन वन कार्यालयको सहकार्यमा सामुदायिक बन उपभोक्ता महासंघले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा राईजिङ स्टार स्कुलकी छात्रा विपाशा खड्का प्रथम, पशुपति कन्या माविका छात्रा गंगा गाैतमले द्वितिय , कुटीडाँडा माविका छात्रा रिमना कार्की तृतीय र कालिञ्चोक माविकि छात्रा सिवानी श्रेष्ठले सान्त्वना स्थान प्राप्त गरेकी थिइन् ।
विजयी प्रतियोगिताहरुलाई क्रमशः तीन हजार, दुई हजार पाँच सय, एक हजार पाँच सय र एक हजार रुपैयाँ नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो । उनीहरूलाई भीमेश्वर नगरपालिकाका नगरप्रमुख ईश्वर मानन्धर, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष जगन्नाथ बस्नेतले सम्मान गरेका थिए। सो अवसरमा मेयर मानन्धरले जलवायु परिवर्तनको असर समग्र प्राणीमा पर्ने भएकोले यसलाई न्युनीकरण गर्नु जरुरी रहेको बताए। उनले नगरपालिकाले वन तथा वातावरणीय संरक्षणको क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै यसमा नगरबासीको साथ सहयोग महत्वपूर्ण रहेको बताए।
डिभिजन बन कार्यलय दोलखाका प्रमुख थिर बहादुर कार्की ले सामुदायिक बन एक स्वतन्त्र, अविछिन्न उत्तराधिकारीवाला, स्वशासित, गैरसाम्प्रदायिक, गैरराजनीतिक,मुनाफारहित एक सामुदाकि संस्था भएको धारणा व्यक्त गर्दै यसको संरक्षणमा सबै सम्बन्धित सरोकारवाला निकाय लाग्नु पर्ने स्पष्ट पार्नुभयो ।
“उत्पादन,रोजगार र सम्बृद्दिका लागी बन ब्यबस्थापन” भन्ने नाराका साथ भएको प्रतियोगिता सामुदायिक बन महासंघ दोलखाका अध्यक्ष जगन्नाथ बस्नेतको अध्यक्षता सम्पन्न भएको थियो ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...