दोलखामा लम्पिबाट ३५ हजार बढी पशुहरू संक्रमित,७ सय बढी पशुको मृत्यु

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

 

राजन बस्नेत
दोलखा २४ साउन । दोलखामा ७ सय भन्दा बढि पशुहरु लम्पि स्किन रोगका कारण मरेका छन ।
गत जेठ बाट माहामारीको रुपमा फैलिएको लम्पि स्किन रोगका कारण हालसम्म जिल्लाभर ७ सय ४० वटा पशुहरु मरेका हुन् । जसमा जिल्लाको विगु गाउँपालिकामा १ सय ९७, मेलुङ गाउँपालिकामा १ सय ११ र कालिन्चोक गाउँपालिकामा १ सय ६ वटा पशुहरु मरेका छन । त्यसैगरी दोलखाको गौरीशंकर गाउँपालिकामा ६९ वटा,शैलुङ गाउँपालिकामा ३८ वटा , भिमेश्वर नगरपालिकामा ५६ वटा,तामाकोशी गाउँपालिकामा ६९ वटा,जिरी नगरपालिकामा ३० वटा र बैतेश्वर गाउँपालिकामा ६४ वटा पशुहरु मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दोलखाका निमित्त कार्यालय प्रमुख पलट चौधरीले जानकारी दिनुभयो ।‌

त्यस्तै जिल्लामा हालसम्म ३५ हजार ९ सय ३ वटा पशु्हरु संक्रमित रहेका छन । जसमा गाई १४ हजार ९ सय १८ वटा ,गोरु १४ हजार ९ सय १४ वटा ,भैसी ७ वटा र बाच्छाबाच्छी पाडा पाडि ५ हजार १ सय ७० वटा संक्रमित भएको चौधरीले बताउनुभयो ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.