दोलखामा एक हजार बढी पशुमा कृत्रिम गर्भाधान


ईश्वर विश्वकर्मा
दोलखा २२ साउन । दोलखामा एक हजार भन्दा बढी पशुचौपायामा कृत्रिम गर्भाधान गराइएको छ।
गत आ.व २०७९/०८० मा एक हजार ३ सय ४० वटा पशुमा कृत्रिम गर्भाधान गराइएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच सय १४ भैँसी, दुइ सय ८४ गाई र आठ वटा बाख्रामा कृत्रिम गर्भाधान गराइएको जनाएको छ। केन्द्रका डाक्टर धुब्र डिसीले स्थानीय जातबाट नै वर्णशंकर जातको पशु उत्पादन गरी दुध तथा मासु उत्पादन वृद्धि गर्न, साँढे पाल्ने झन्झटबाट मुक्त हुन, हाडनाता प्रजनन हुनबाट रोक्न र संक्रामक रोगहरुबाट पशुचौपाया बचाउन कृतिम गर्भाधान गराइएको बताए। उनका अनुसार विज्ञ केन्द्रबाट एक सय ६२ र जिल्लाका स्थानीय तहका पशु सेवा शाखाबाट एक हजार एक सय ७८ वटा पशुको कृत्रिम गर्भाधान गराइएको हो।
सबैभन्दा बढी बैतेश्वर गाउँपालिकामा छ सय ४२, भीमेश्वर नगरपालिकामा दुई सय ४६, जिरी नगरपालिकामा एक सय ११, कालिञ्चोक गाउँपालिकामा ६६, विगुमा १७ वटा पशुमा कृत्रिम गर्भाधान गराइएको हो । यस्तै तामाकोशी गाउँपालिकामा ३६, मेलुङ गाउँपालिकामा ३० र शैलुङ गाउँपालिकामा २९ वटामा गर्भाधान गराइएको छ। गौरीशंकर गाउँपालिकामा भने कृत्रिम गर्भाधान गराइएको छैन। कृत्रिम गर्भाधानबाट पशुको नश्ल सुधार हुने भएकोले साँढे र राँगोको विकल्पमा पशुहरुमा कृत्रिम गर्भाधान प्रति कृषकहरुको आकर्षण बढेको छ ।
पछिल्लो वर्षमा साँढे र राँगो पाल्ने क्रम हराउँदै गएको र कम पाउन छोडकोेले प्राकृतिक भन्दा पनि कृत्रिम गर्भाधान प्रति व्यवसायिक पशुपालक कृषकहरु आकर्षित हुदैँ भएको डाक्टर धुब्र डिसीले बताए। ” उन्नत जातको पशु र दुध उत्पादन पनि बढ्ने भएकोले कृत्रिम गर्भाधान आवश्यक छ ।” उनले भने।
यातायातको सहज पहुँच, दक्ष प्राविधिक र आवश्यक सामग्रीको उपलब्धता र सही समयमा कृत्रिम गर्भाधान गर्न सकिएमा यसबाट कृषकहरुले धेरै फाइदा लिन सक्ने उनले बताए ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...