दोलखामा एक हजार बढी पशुमा कृत्रिम गर्भाधान

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

ईश्वर विश्वकर्मा

दोलखा २२ साउन । दोलखामा एक हजार भन्दा बढी पशुचौपायामा कृत्रिम गर्भाधान गराइएको छ।
गत आ.व २०७९/०८० मा एक हजार ३ सय ४० वटा पशुमा कृत्रिम गर्भाधान गराइएको हो। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पाँच सय १४ भैँसी, दुइ सय ८४ गाई र आठ वटा बाख्रामा कृत्रिम गर्भाधान गराइएको जनाएको छ।‌ केन्द्रका डाक्टर धुब्र डिसीले स्थानीय जातबाट नै वर्णशंकर जातको पशु उत्पादन गरी दुध तथा मासु उत्पादन वृद्धि गर्न, साँढे पाल्ने झन्झटबाट मुक्त हुन, हाडनाता प्रजनन हुनबाट रोक्न र संक्रामक रोगहरुबाट पशुचौपाया बचाउन कृतिम गर्भाधान गराइएको बताए। उनका अनुसार विज्ञ केन्द्रबाट एक सय ६२ र जिल्लाका स्थानीय तहका पशु सेवा शाखाबाट एक हजार एक सय ७८ वटा पशुको कृत्रिम गर्भाधान गराइएको हो।

सबैभन्दा बढी बैतेश्वर गाउँपालिकामा छ सय ४२, भीमेश्वर नगरपालिकामा दुई सय ४६, जिरी नगरपालिकामा एक सय ११, कालिञ्चोक गाउँपालिकामा ६६, विगुमा १७ वटा पशुमा कृत्रिम गर्भाधान गराइएको हो । यस्तै तामाकोशी गाउँपालिकामा ३६, मेलुङ गाउँपालिकामा ३० र शैलुङ गाउँपालिकामा २९ वटामा गर्भाधान गराइएको छ। गौरीशंकर गाउँपालिकामा भने कृत्रिम गर्भाधान गराइएको छैन। कृत्रिम गर्भाधानबाट पशुको नश्ल सुधार हुने भएकोले साँढे र राँगोको विकल्पमा पशुहरुमा कृत्रिम गर्भाधान प्रति कृषकहरुको आकर्षण बढेको छ ।

पछिल्लो वर्षमा साँढे र राँगो पाल्ने क्रम हराउँदै गएको र कम पाउन छोडकोेले प्राकृतिक भन्दा पनि कृत्रिम गर्भाधान प्रति व्यवसायिक पशुपालक कृषकहरु आकर्षित हुदैँ भएको डाक्टर धुब्र डिसीले बताए। ” उन्नत जातको पशु र दुध उत्पादन पनि बढ्ने भएकोले कृत्रिम गर्भाधान आवश्यक छ ।” उनले भने।
यातायातको सहज पहुँच, दक्ष प्राविधिक र आवश्यक सामग्रीको उपलब्धता र सही समयमा कृत्रिम गर्भाधान गर्न सकिएमा यसबाट कृषकहरुले धेरै फाइदा लिन सक्ने उनले बताए ।

विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददाता

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...

दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददाता

दोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...

विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाता

काठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाता

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

.