दोलखा टोपाटारको पहिरोमा परि २ जनाको मृत्यु,२ जना अझै बेपत्ता

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

राजकुमार भुजेल (निर)

दोलखा २१ साउन। दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर २ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन्।
गत बिहीबार राति अबिरल बर्षा सँगै आएको पहिरोमा परी उनिहरुको मृत्यु भएको हो। शुक्रबार बिहान टोपबहादुर थामीको १५ महिने बालक प्रिन्स थामीको शव सहित देवि माया मगरको शव फेला परेको दोलखा प्रहरीले जनाएको छ । बेपत्ता भएका थप २ जनाको भने शुक्रबार देखि नै खोजी कार्य भैइहेको छ । बेपत्ता हुनेमा कृष्ण मगर र हरिलाल श्रेष्ठ रहेका छन । उनीहरूको हाल नेपाली सेना,जनपद,सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ । पहिरोमा परी तीन जना गम्भीर घाईते भएका छन । स्थानीय यज्ञ थामी, उनकी श्रीमती धनकुमारी थामी र बुहारी सिता थामी गम्भीर घाईते भएका हुन् । उनीहरुलाई शुक्रबार दिउँसो हेलिकप्टरबाट मार्फत उद्धारा गरी २ जनाको काठमाण्डौको केएमसी अस्पतालमा उपचार भैरहेको छ । त्यस्तै वडा नम्बर ७ र ८ मा ३२ वटा भन्दा बढी घरमा क्षति गरेको छ । पहिरोले विद्युतका पोलहरू बगाएको छ भने ग्रामीण सडक अवरुद्ध भएको छ । वडा नं ८ खारेको सल्लेमा २ घर पहिरोले पुरेको छ भने २० भन्दा बढी घर पहिरोको जोखिममा भएपछि स्थानीयले घर छोडेका छन ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.