गौरीशंकर गाउँपालिका- ७ मार्बुका पहिरो पीडित परिवारलाई एसएस फाउन्डेशनको आर्थिक सहयोग

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

इश्वर बिश्वकर्मा
दोलखा २१ साउन ।दोलखाको गौरीशंकर गाउँपालिका- ७ मार्बुका पहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरिएको छ ।‌

एसएस फाउन्डेशनले पहिरोमा परी ज्यान गुमाएका तथा घाइते भएका परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको हो । पहिरोपीडित यज्ञ थामीका छोरा तोकबहादुर थामीलाई आइतबार रकम वितरण गरिएको फाउन्डेसनले जनाएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा का नेता सुन्दर खड्का,फाउन्डेसनका अध्यक्ष मदनदास श्रेष्ठ , समाजसेवी सोभीत उप्रेति उप्रेति सहितको टोलीले सेन्टरमा पुगेर रकम हस्तान्तरण गरेका हुन् । पहिरो पीडित परिवारलाई राहत पुगोस् भनेर सहयोग गरिएको अध्यक्ष श्रेष्ठले बताए। पहिरोमा यज्ञको नातीको मृत्यु भएको थियो भने उनीसहित श्रीमती धनकुमारी र बुहारी सरिता गम्भीर घाइते भएका थिए । हाल काठमाडौँको यज्ञको मनमोहन कार्डियोथोरासिस भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र श्रीमती तथा बुहारीको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उपचारका लागि आर्थिक अभाव भएपछि फाउन्डेसनले सहयोग गरेको जनाएको छ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.