गौरीशंकर पहिरो अपडेट: १५ महिने बालकसहित २ जनाको शव फेला ! अझै २ जना बेपत्ता


गौरीशंकर पहिरो अपडेट: १५ महिने बालकसहित २ जनाको शव फेला, अझै २ जना बेपत्ता
राजकुमार भुजेल (निर)
दोलखा १९ साउन। दोलखाको गौरीशंकर गाउँपालिका–७ मार्वुको टोपाटारमा पहिरोमा पुरिएर बेपत्ता भएका थप एक महिलाको शव फेला परेको छ । गएराति परेको भिषण बर्षाका कारण पहिरो जादा बेपत्ता भएका ४ जना मध्ये विहान एक बालकोे र हाल एक महिलाको शव फेला परेको हो । आज विहान टोपबहादुर थामीको १५ महिने बालक प्रिन्स थामीको शव फेला पारेको थियो भने अहिले देवि माया मगरको शव फेला परको दोलखाका प्रहरी प्रमुख, प्रहरी उपरिक्षक दिपक खडकाले जानकारी दिनुभयो । उहाँका अनुसार बेपत्ता भएका थप २ जनाको खोजी भैरहेको छ । बेपत्ता हुनेमा गौरीशंकर गाउँपालिका–७ मार्वु टोपाटारका कृष्ण मगर र हरिलाल श्रेष्ठ रहेका छन । उनीहरूको हाल नेपाली सेना,जनपद,सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको छ । पहिरोमा परी तीन जना गम्भीर घाईते भएका छन । स्थानीय यज्ञ थामी, उनकी श्रीमती धनकुमारी थामी र बुहारी सिता थामी गम्भीर घाईते भएका हुन । उनीहरु लाई हेलिकप्टरबाट उद्धारा गरी २ जनाको काठमाण्डौको केएमसी अस्पतालमा उपचार भैरहेको छ । गए राति परेको वर्षाले गौरीशंकर गाउँपालिका वडा नम्बर ७ र ८ मा ३२ वटा भन्दा बढी घरमा क्षति गरेको छ । पहिरोले विद्युतका पोलहरू बगाएको छ भने ग्रामीण सडक अवरुद्ध पारेको छ । विद्युतका पोलहरु बगाएको कारण वडाहरु तथा प्रहरीहरुमा हाल सम्पर्क हुन सकेको छैन ।
त्यसैगरी टोपाटार परी गौरीशंकर गाउँपालिका– ८ खारेको सल्लेमा २ घर पहिरोले पुरेको छ भने २० भन्दा बढी घर पहिरोको जोखिममा भएपछि स्थानीयले घर छोडेका छन । केही चौपाया पहिरोमा पुरिएको गौरीशंकर–८ का वडा अध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । सल्ले पुग्ने घट्टेखोलाको झोलुङ्गे पुलमा समेत बाढीले क्षति पुगेको छ। घटना स्थल सदरमुकाम चरिकोटबाट करिब ५५ किलोमिटर उत्तरमा पर्दछ ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...