प्रधानमन्त्री कृषि आधुनिकीकरणको कार्यालयमा तालाबन्दी


दोलखा १६ साउन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालय चरिकोटमा ताला लगाइएको छ ।
उक्त परियोजनाको कार्यालय चरिकोटबाट मन्थली रामेछाप सार्ने निर्णय भएपछि नागरिक समाजका अगुवाहरुले ताला लगाएका हुन् ।
नागरिक समाजका प्रतिनिधिहरुले मंगलबार दुई बुँदेमागसहित तालाबन्दी गरेका हुन् ।
तालाबन्दी गरिएको सूचना यस्तो छ :
१ यस कार्यालयलाई रामेछाप मन्थली सार्ने निर्णय तत्काल खारेज गरी चरिकोटबाटै यथावत सञ्चालन गरियोस ।
२ जनताको जनजीवनसँग जोडिएका संघ तथा प्रदेश सरकार अन्तरगतका हरेक कार्यालय प्रत्येक जिल्ला सदरमुकाममा स्थापना गरियोस ।
पछिल्लो समय दोलखा सदरमुकामको चहलपहलमा कमि आएको मात्रै छैन् सुनसान नै बन्न थालेको छ।
बजार नै सुनसान हुन थालेपछि होटल तथा व्यापार व्यावसाय देखि बैंक तथा अन्य वित्तीय संस्थामा समेत आर्थिक समस्या उत्पन्न हुन थालेको छ।
बजार सुनसान हुनुको पछाडि धेरै कारणहरु मध्ये एक चाहिँ यहाँका सरकारी कार्यालयहरु अन्यत्र लैजानु पनि पर्छ।
यसअघि यहाँ रहेका चल्तीका सरकारी कार्यालयहरु छिमेकी जिल्ला सिन्धुपाल्चोक र रामेछाप लगाएतमा सारिसकेका छन्।
यसै क्रममा पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनाकाे कार्यालय समेत रामेछाप सार्ने निर्णय गरेपछि चरिकोट स्थित उक्त कार्यालयमा तालाबन्दी गरिएको नागरिक समाजका अगुवा चिरञ्जीवी मास्केले जानकारी दिनुभयो ।
यो कार्यालय अन्त सार्न पाइदैन भन्दै दोलखाका पत्रकार तथा नागरिक अगुवाहरुले उक्त कार्यालयमा मंगलबार तालाबन्दी गरेका हुन् ।
केन्द्र सरकारले देशभरका जिल्लाहरु हेर्ने मध्ये १० ओटा जिल्लामा यस्ता कार्यालय घटाउने निति लिए अनुरुप दोलखाबाट यो कार्यालय उठेर रामेछाप जान लागेको हो ।
दोलखामा यो कार्यालयले किबि र आलु पकेट क्षेत्र लागु गरेर किसानलाई सहुलियत खालका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...