प्रधानमन्त्री कृषि आधुनिकीकरणको कार्यालयमा तालाबन्दी

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा १६ साउन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको कार्यालय चरिकोटमा ताला लगाइएको छ ।

उक्त परियोजनाको कार्यालय चरिकोटबाट मन्थली रामेछाप सार्ने निर्णय भएपछि नागरिक समाजका अगुवाहरुले ताला लगाएका हुन् ।

नागरिक समाजका प्रतिनिधिहरुले मंगलबार दुई बुँदेमागसहित तालाबन्दी गरेका हुन् ।

तालाबन्दी गरिएको सूचना यस्तो छ :

१ यस कार्यालयलाई रामेछाप मन्थली सार्ने निर्णय तत्काल खारेज गरी चरिकोटबाटै यथावत सञ्चालन गरियोस ।

२ जनताको जनजीवनसँग जोडिएका संघ तथा प्रदेश सरकार अन्तरगतका हरेक कार्यालय प्रत्येक जिल्ला सदरमुकाममा स्थापना गरियोस ।

पछिल्लो समय दोलखा सदरमुकामको चहलपहलमा कमि आएको मात्रै छैन् सुनसान नै बन्न थालेको छ।
बजार नै सुनसान हुन थालेपछि होटल तथा व्यापार व्यावसाय देखि बैंक तथा अन्य वित्तीय संस्थामा समेत आर्थिक समस्या उत्पन्न हुन थालेको छ।
बजार सुनसान हुनुको पछाडि धेरै कारणहरु मध्ये एक चाहिँ यहाँका सरकारी कार्यालयहरु अन्यत्र लैजानु पनि पर्छ।

यसअघि यहाँ रहेका चल्तीका सरकारी कार्यालयहरु छिमेकी जिल्ला सिन्धुपाल्चोक र रामेछाप लगाएतमा सारिसकेका छन्।

यसै क्रममा पछिल्लो समय प्रधानमन्त्री कृषि आधुनिकिकरण परियाेजनाकाे कार्यालय समेत रामेछाप सार्ने निर्णय गरेपछि चरिकोट स्थित उक्त कार्यालयमा तालाबन्दी गरिएको नागरिक समाजका अगुवा चिरञ्जीवी मास्केले जानकारी दिनुभयो ।

यो कार्यालय अन्त सार्न पाइदैन भन्दै दोलखाका पत्रकार तथा नागरिक अगुवाहरुले उक्त कार्यालयमा मंगलबार तालाबन्दी गरेका हुन् ।

केन्द्र सरकारले देशभरका जिल्लाहरु हेर्ने मध्ये १० ओटा जिल्लामा यस्ता कार्यालय घटाउने निति लिए अनुरुप दोलखाबाट यो कार्यालय उठेर रामेछाप जान लागेको हो ।

दोलखामा यो कार्यालयले किबि र आलु पकेट क्षेत्र लागु गरेर किसानलाई सहुलियत खालका कार्यक्रम सञ्चालन गर्दै आएको थियो ।

विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददाता

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...

दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददाता

दोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...

विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाता

काठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाता

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

.