भीमेश्वर ५ ले विपन्नलाई एम्बुलेन्स भाडा दिने

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

ईश्वर विश्वकर्मा

दोलखा १६ साउन । दोलखाको भीमेश्वर नगरपालिका-५ ले आर्थिक रुपमा विपन्न बिरामीलाई एम्बुलेन्स भाडा प्रदान गर्ने भएको छ ।‌ वडाले आर्थिक रुपमा कमजोर व्यक्ति बिरामी भएमा काठमाडौंसम्मको एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको हो ‌ । आफ्नो वडाका विपन्न बिरामीलाई उपचारको लागि काठमाडौं जानुपर्ने पर्ने भएमा एम्बुलेन्स भाडा बापत ५ हजार रुपैयाँ प्रदान गर्ने वडाले जनाएको छ । वडाध्यक्ष बासु श्रेष्ठले मंगलबार वडा समितिको बैठकले विपन्न पहिचान भएका बिरामीलाई काठमाडौंसम्मको एम्बुलेन्स भाडा प्रदान गर्ने निर्णय भएको बताए। विपन्न बिरामीलाई उपचार सेवा लिन सहज होस् भनेर बैठकले सो निर्णय गरेको उनले बताए।‌ वडाध्यक्ष श्रेष्ठले बिरामीलाई काठमाडौं लैजानु अघि वडा जानकारी गराई निवेदन दिएमा एम्बुलेन्स भाडा बापत रकम उपलब्ध गराउन सिफारिस गरिने जानकारी दिए। रकम अभावकै कारण विपन्न नागरिकलाई उपचार सेवाबाट वञ्चित भई अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको वडा समितिले जनाएको छ।

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

बालेन टिम’ बाट सिफारिस सिर्जनाले फिर्ता लिइन् समानुपातिक उम्मेदवारी
साझा दृष्टि संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक उम्मेदवारको सूचीमा समेटिएकी सामाजिक सञ्जाल र पर्यटन क्षेत्रमा सक्रिय ‘सोलो ट्राभलर’...

पार्टी सत्तामा ओलीको ह्याट्रिक
साझा दृष्टि संवाददाता

१४ वर्ष जेल जीवनदेखि जेनजी विद्रोहबाट सत्ताच्युतसम्म काठमाडौँ । नेकपा एमालेको अध्यक्ष पदमा केपी शर्मा ओलीले ‘ह्याट्रिक’ गरेका छन्...

.