भीमेश्वर ५ ले विपन्नलाई एम्बुलेन्स भाडा दिने

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

ईश्वर विश्वकर्मा

दोलखा १६ साउन । दोलखाको भीमेश्वर नगरपालिका-५ ले आर्थिक रुपमा विपन्न बिरामीलाई एम्बुलेन्स भाडा प्रदान गर्ने भएको छ ।‌ वडाले आर्थिक रुपमा कमजोर व्यक्ति बिरामी भएमा काठमाडौंसम्मको एम्बुलेन्स भाडा उपलब्ध गराउने भएको हो ‌ । आफ्नो वडाका विपन्न बिरामीलाई उपचारको लागि काठमाडौं जानुपर्ने पर्ने भएमा एम्बुलेन्स भाडा बापत ५ हजार रुपैयाँ प्रदान गर्ने वडाले जनाएको छ । वडाध्यक्ष बासु श्रेष्ठले मंगलबार वडा समितिको बैठकले विपन्न पहिचान भएका बिरामीलाई काठमाडौंसम्मको एम्बुलेन्स भाडा प्रदान गर्ने निर्णय भएको बताए। विपन्न बिरामीलाई उपचार सेवा लिन सहज होस् भनेर बैठकले सो निर्णय गरेको उनले बताए।‌ वडाध्यक्ष श्रेष्ठले बिरामीलाई काठमाडौं लैजानु अघि वडा जानकारी गराई निवेदन दिएमा एम्बुलेन्स भाडा बापत रकम उपलब्ध गराउन सिफारिस गरिने जानकारी दिए। रकम अभावकै कारण विपन्न नागरिकलाई उपचार सेवाबाट वञ्चित भई अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले उक्त निर्णय गरिएको वडा समितिले जनाएको छ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.