विशिष्ट ब्यक्त्ति संस्कृतिविद् ,कलाकार ,र आख्यानकार अभिनन्दित

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

काठमाडौं १४ साउन । साहित्यिक पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको एक विशेष समारोहमा नेपाली संस्कृतिका विशिष्ट संस्कृतिविद् डा. जगमान गुरुङ, वरिष्ठ आख्यानकार गीताकेशरी र वरिष्ठ कलाकार मदनदास श्रेष्ठलाई अभिनन्दन गरियो ।

साहित्यिक पत्रकार सङ्घको स्वर्ण महोत्सवको सन्दर्भ पारेर उहाँहरूलाई अभिनन्दन गरिएको हो । प्रमुख अतिथि संविधानसभाका अध्यक्ष एवम् पूर्व सभामुख सुवासचन्द्र नेम्बाङ, विशिष्ट अतिथि प्रतिनिधिसभा सदस्य एवम् राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रतिनिधिसभा सदस्य एवम् नेपाली काङ्ग्रेसका नेता शंकर भण्डारी, सङ्घका अध्यक्ष राधेश्याम लेकाली लगायतले उहाँहरूलाई अभिनन्दन गर्नुभएको थियो । अभिनन्दन कार्यक्रममा इतिहासविद् प्रा.डा. सुरेन्द्र केसी, साहित्यिक पत्रकार सङ्घका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, गुन्जनका पूर्व अध्यक्ष हिरण्यकुमारी पाठक, नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ र साहित्यकार उन्नति बोहरा शीलासमेतको सहभागिता थियोे ।

कार्यक्रममा प्रमुख अतिथि सुवासचन्द्र नेम्बाङले लेखक साहित्यकारहरूले देशमा सधैं गाईजात्रा भइरहेको छ भनेर गुनासो गर्नुभन्दा त्यस्ता गाईजात्रा गर्नेहरूसम्म आफ्ना विचार पुर्‍याउने र उनीहरूलाई ठीक बाटोमा ल्याउनेतर्फ लाग्नुपर्ने बताउनुभयो । उहाँले साहित्यिक पत्रकार सङ्घका गतिविधिसँग आफू लामो समयदेखि जोडिएको बताउँदै यस्ता कार्यक्रमबाट समाजलाई अघि बढाउने काममा योगदान पुग्ने धारणा राख्नुभयो ।

विशिष्ट अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देशमा बढ्दो विकृति र विसङ्गतिविरुद्ध स्रष्टाहरू फेरि जागरुक हुनुपर्ने आवश्यकता औल्याउनुभयो । सक्रिय राजनीतिमा लागेपछि आफूले सिर्जनात्मक कार्यमा समय दिन नसके पनि साहित्य आफ्नो रूचिको विषय भएको बताउनुभयो ।

पूर्वमन्त्री नेपाली काङ्ग्रेसका नेता शंकर भण्डारीले यो देशको निर्माणमा पृथ्वीनारायण शाहको योगदानलाई कसैले पनि नकार्न नसक्ने बताउँदै नयाँ निर्माण हुन लागेको संसदभवनको प्राङ्गणमा उहाँको प्रतिमा राख्नुपर्ने धारणा राख्नुभयो । उहाँले आजको कार्यक्रम आफ्नो जीवनकै ऐतिहासिक कार्यक्रम भएको पनि बताउनुभयो ।


सम्मानित व्यक्तित्वद्वय डा. जगमान गुरुङ र मदनदास श्रेष्ठले समेत बोल्नुभएको उक्त कार्यक्रममा वरिष्ठ समालोचक प्रमोद प्रधानले सम्मानित व्यक्तित्वहरूको योगदानमाथि प्रकाश पार्नुभएको थियो ।

अध्यक्षको आसनबाट सङ्घका अध्यक्ष राधेश्याम लेकालीले साहित्यिक पत्रकार सङ्घले ५० वर्षदेखि साहित्यिक पत्रकारिता, साहित्य, कला, संस्कृति आदिका क्षेत्रमा गर्दैआएको योगदानको स्मरण गर्नुभयो । उहाँले साहित्यिक पत्रकारहरूको हकहितको सुरक्षा र सहयोगका लागि छुट्टै निकायको आवश्यकतामा जोड दिनुभयो । साथै उहाँले समाजसेवी शोभित उप्रेतीसितको सहकार्यमा शैलुङमा “स्रष्टा गृह”को संचालन गरिने पनि बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथिहरु, समालोचक प्रमोद प्रधानलाई मायाको चिनोसहित सम्मान गरिएको थियो भने समाजसेवी शोभित उप्रेतीले आजैदेखि उप्रेती समाजको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्भाल्नु भएकोमा बधाई पनि ग्यापन गरिएको थियो ।

होटल तपसमा आयोजना गरिएको कार्यक्रमको सञ्चालन साहित्यकार श्रीबाबु कार्कीले गर्नुभएको थियो ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.