नागरिक अगुवा चिरञ्जीवी मास्केको नेतृत्वमा बजार सरसफाइ


दोलखा १३ साउन । दोलखाको सदरमुकाम चरिकोट बजार शनिबार सरसफाइ गरिएको छ । आफ्नो बजार आफैँले सफा राखौँ भन्ने नारा सहित नागरिक समाज दोलखाको अगुवाईमा सरसफाइ गरिएको हो ।
सातदोबाटोदेखि कुबेर होटलसम्मको फुटपाथ सरसफाई गरिएको नागरिक समाजका अगुवा चिरञ्जीवी मास्केले बताए। उनले लामोसाँगु जिरी सडकको सातदोबाटो चोकमै फुटपाथ घाँसले ढाकेर हिँड्नै मुस्किल भएपछि सरसफाइ गरिएको उल्लेख गरे । फुटपातमा घाँस उम्रेनुका साथै नियमित सरसफाइ नहुँदा बजारको सुन्दरता ह्रासोन्मुख भएको थियो । सरसफाइपछि सो क्षेत्र सफा र सुन्दर देखिएको उनले जानकारी दिए।
नागरिक अगुवा मास्केले बजार सुन्दरीकरण र नागरिकमा सचेतना अभिवृद्धिका लागि समेत बजार सरसफाइ अभियानकै रुपमा गरिएको बताए । उनका अनुसार प्रत्येक महिनाको तेस्रो साता बजार सरसफाइ गर्ने नागरिक समाजको अभियान रहेको बताए । उनले समुदाय र स्थानीय सरकारको सक्रियता मात्र बजार सफा हुने भएकोले सोही अनुरूप सरसफाइमा अभियानमा स्वतस्फुर्त सहभागी हुन उनको आग्रह छ। “चरिकोट बजारलाई सफा राख्ने जिम्मेवारी यहाँका बासिन्दाको हो । तर बजार प्रति अपनत्वको भावना र फोहोर व्यवस्थापनमा चेतना नहुँदा समस्या हुने गरेको छ ।” उनले भने अब अभियानले बजार सरसफाइ सँगै सचेतना समेत अभिवृद्धि गर्ने छ ।”
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...