नागरिक अगुवा चिरञ्जीवी मास्केको नेतृत्वमा बजार सरसफाइ

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा १३ साउन । दोलखाको सदरमुकाम चरिकोट बजार शनिबार सरसफाइ गरिएको छ । आफ्नो बजार आफैँले सफा राखौँ भन्ने नारा सहित नागरिक समाज दोलखाको अगुवाईमा सरसफाइ गरिएको हो ।

सातदोबाटोदेखि कुबेर होटलसम्मको फुटपाथ सरसफाई गरिएको नागरिक समाजका अगुवा चिरञ्जीवी मास्केले बताए। उनले लामोसाँगु जिरी सडकको सातदोबाटो चोकमै फुटपाथ घाँसले ढाकेर हिँड्नै मुस्किल भएपछि सरसफाइ गरिएको उल्लेख गरे । फुटपातमा घाँस उम्रेनुका साथै नियमित सरसफाइ नहुँदा बजारको सुन्दरता ह्रासोन्मुख भएको थियो । सरसफाइपछि सो क्षेत्र सफा र सुन्दर देखिएको उनले जानकारी दिए।


नागरिक अगुवा मास्केले बजार सुन्दरीकरण र नागरिकमा सचेतना अभिवृद्धिका लागि समेत बजार सरसफाइ अभियानकै रुपमा गरिएको बताए । उनका अनुसार प्रत्येक महिनाको तेस्रो साता बजार सरसफाइ गर्ने नागरिक समाजको अभियान रहेको बताए । उनले समुदाय र स्थानीय सरकारको सक्रियता मात्र बजार सफा हुने भएकोले सोही अनुरूप सरसफाइमा अभियानमा स्वतस्फुर्त सहभागी हुन उनको आग्रह छ।‌ “चरिकोट बजारलाई सफा राख्ने जिम्मेवारी यहाँका बासिन्दाको हो । तर बजार प्रति अपनत्वको भावना र फोहोर व्यवस्थापनमा चेतना नहुँदा समस्या हुने गरेको छ ।” उनले भने अब अभियानले बजार सरसफाइ सँगै सचेतना समेत अभिवृद्धि गर्ने छ ।”

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.