सुदिप कुमार कार्कीको “सौतेनी आमा” उपन्यास सार्वजनिक
साझा दृष्टि संवाददाता
सुदिप कुमार कार्कीको “सौतेनी आमा” उपन्यास सार्वजनिक
राजकुमार भुजेल (निर)
दोलखा १३ साउन । सुदिप कुमार कार्की द्वारा लिखित “सौतेनी आमा” उपन्यास सार्वजनिक गरिएको छ।
शनिबार दोलखाको सदरमुकाम चरिकोट स्थित गौरीशंकर बहुमुखी क्याम्पसमा आयोजित समारोहमा पुस्तक विमोचन गरिएको हो ।
साहित्यकार नरेश रेग्मी,मेलुङ्ग गाउँपालिका अध्यक्ष हिरा थोकर, भिमेश्वर नगरपालिकाका प्रवक्ता तारानाथ चौलागाई, युवा साहित्य सन्जाल दोलखा अध्यक्ष राजन बस्नेत ,अनेरास्ववियु क्रान्तिकारीका केन्द्रिय सदस्य चन्द्र कुमार लामा, जिल्ला युवा समिति दोलखाका अध्यक्ष भरतकुमार श्रेष्ठ, बैत्यश्वर गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष मिनकुमार शिवाकोटी , गौरीसङ्कर बहुमुखी क्याम्पस का सुबास रिमाल, लेखक डम्बर चौलागाइ र राजन कार्कि लगायतले संयुक्त रुपमा उपन्यास विमोचन गरे।

पुस्तक विमोचन समारोहमा सम्बोधन गर्दै साहित्यकार नरेश रेग्मी ले लेखक सुदिप कुमार कार्कीले पहिलो पटक साहित्यिक कृतिमा जिन्दगी को पाइला चालेकोमा खुसी व्यक्ति गरे ।

लेखक कार्कीको यो उपन्यासले सामाजिक तथा पारिवारिक जीवनमा यस पुस्तक मार्फत अर्थात “सौतेनी आमा” उपन्यासबाट नेपाली समाजको सामाजिक यथार्थलाई चित्रण गरेको साहित्यकार रेग्मीले बताए । नेपाली युवाहरु देशमा रोजगारीको अवसर नभएको कारणले गर्दा रोजगारीको सिलसिलामा वैदेशिक रोजगारीको लागि विश्वको विभिन्न देशमा जानुपर्ने विबंशताको छोटो रुपमा चित्रण छ उहाँले भने । त्यस्तै महिलाले महिला माथि गर्ने विभेदको पनि चित्रण गरेको र यसले नेपाली समाजको अन्य कुराहरुलाई पनि छोटो रुपमा उतार्ने प्रयास गरेको लेखक कार्की ले बताए।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
