अपर तामाकोशीको शतप्रतिशत हकप्रद निष्कासन प्रक्रिया कहाँ पुग्यो ?
साझा दृष्टि संवाददाता
- अपर तामाकोशीको शतप्रतिशत हकप्रद निष्कासन प्रक्रिया कहाँ पुग्यो ?
दोलखा १३ असार । अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढेको छ ।
यसको लागि बिक्री प्रबन्धक सनराइज क्यापिटलले तयारी गरीरहेको छ । सनराइज क्यापिटलका सीइओ विजयलाल श्रेष्ठले अपर तामाकोशीको हकप्रदमा साउन अन्तिम साताभित्र बुक क्लोज गर्ने तयारी गरेको नेपाली पैसालाई बताए । उनले भने, ‘सायद हकप्रद भर्न भदौबाट सुरु हुन्छ होला । त्यही अनुसार साउन अन्तिममा बुक क्लोज गर्ने आफूहरुले तयारी गरेको बताए । नेपाल धितोपत्र बोर्डले गत असार २४ गते अपर तामाकोशीलाई १००% अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिइसकेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । यस कम्पनीले २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत पुँजी संकलन गर्न लागेको हो । हकप्रद सेयरका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरीसकेको छ ।यता, सनराइज क्यापिटलले सेयर डिम्याट गर्न बाँकी रहेका लगानीकर्तालाई सेयर अभौतिकीकरण गर्न पनि अनुरोध गरेको छ । आइपीओ मार्फत सेयर हात पारेका दोलखा जिल्लाका स्थानीले यस सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/upper-Tamakoshi-Local-IPO-BOID-Update मार्फत आफ्नो व्यक्तिगत विवरण भरी सेयर अभौतिकीकरण गर्न सक्नेछन् । साथै, यस क्यापिटमा उपस्थित भई फर्म भरेर पनि सेयर डिम्याट गर्न सकिन्छ ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
