अपर तामाकोशीको शतप्रतिशत हकप्रद निष्कासन प्रक्रिया कहाँ पुग्यो ?


- अपर तामाकोशीको शतप्रतिशत हकप्रद निष्कासन प्रक्रिया कहाँ पुग्यो ?
दोलखा १३ असार । अपर तामाकोशी हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर निष्कासन प्रक्रिया अघि बढेको छ ।
यसको लागि बिक्री प्रबन्धक सनराइज क्यापिटलले तयारी गरीरहेको छ । सनराइज क्यापिटलका सीइओ विजयलाल श्रेष्ठले अपर तामाकोशीको हकप्रदमा साउन अन्तिम साताभित्र बुक क्लोज गर्ने तयारी गरेको नेपाली पैसालाई बताए । उनले भने, ‘सायद हकप्रद भर्न भदौबाट सुरु हुन्छ होला । त्यही अनुसार साउन अन्तिममा बुक क्लोज गर्ने आफूहरुले तयारी गरेको बताए । नेपाल धितोपत्र बोर्डले गत असार २४ गते अपर तामाकोशीलाई १००% अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिइसकेको छ । हाल यस कम्पनीको चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ । यस कम्पनीले २२ मेगावाटको रोल्वालिङ खोला निर्माण गर्न हकप्रद सेयर मार्फत पुँजी संकलन गर्न लागेको हो । हकप्रद सेयरका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरीसकेको छ ।यता, सनराइज क्यापिटलले सेयर डिम्याट गर्न बाँकी रहेका लगानीकर्तालाई सेयर अभौतिकीकरण गर्न पनि अनुरोध गरेको छ । आइपीओ मार्फत सेयर हात पारेका दोलखा जिल्लाका स्थानीले यस सनराइज क्यापिटलको वेबसाइट https://www.sunrisecapital.com.np/upper-Tamakoshi-Local-IPO-BOID-Update मार्फत आफ्नो व्यक्तिगत विवरण भरी सेयर अभौतिकीकरण गर्न सक्नेछन् । साथै, यस क्यापिटमा उपस्थित भई फर्म भरेर पनि सेयर डिम्याट गर्न सकिन्छ ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...