चरिकोटमा लाखे नाच्न सुरु
साझा दृष्टि संवाददाता
ईश्वर विश्वकर्मा
दोलखा ६ साउन । दोलखाको सदरमुकाम चरिकोटमा धार्मिक मनोरञ्जनात्मक लाखे नाच सुरु भएको छ। नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय लालीगुराँस युवा क्लबले शनिबारदेखि लाखे नाच प्रदर्शन गर्न थालेको हो ।
कृष्ण सहतिका देवी–देवता र राक्षसको चरित्रमा आधारित भई प्रत्येक वर्ष लाखे नाच प्रदर्शन गरिन्छ । त्यसैको निरन्तरता स्वरुप यो बर्ष पनि नाच प्रदर्शन सुरु गरिएको क्लबका अध्यक्ष प्रविन श्रेष्ठले बताए।
मुखुन्डो लगाएर राक्षसको भेषमा प्रस्तुत हुने रोचक र पृथक शैलीको लाखे नाच हेर्न दर्शकको बाक्लो भीड लाग्छ । आन्तरिक मात्र नभई बाह्य पर्यटकको पनि आकर्षण बनेको लाखे नाचले सांस्कृतिक, धार्मिक र पर्यटकीय महत्व बोकेको उनले बताए।

विषेश गरी नेवार समुदायमा प्रचलित यो नाच जात्रा, पर्व, उत्सव लगायतका बेला प्रस्तुत गरिन्छ । तर चरिकोटमा भने प्रत्येक वर्ष गठेमंगलको पुजापाठ पछि कृष्ण जन्माष्टमीको भोलीपल्ट सम्म बजार परिक्रमा गर्दै लाखे नाच प्रदर्शन गर्ने गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए।
अन्तिम दिन राति लाखेको समाप्तिको समय हो । उक्त रात कृष्णको चक्र प्रहारबाट लाखे मारिन्छ । यो सँगै लाखे नाच समाप्त हुन्छ । लाखे नाच प्रदर्शनको बेला दर्शकको उल्लेख्य उपस्थिति र उत्सुकता हुने गरेको उनले बताए। भिडिओ र तस्बिर खिच्न आतुर हुन्छन् । जसले पर्यटन प्रवद्र्धन र सांस्कृतिक परम्पराको जगेर्नामा उत्साह थपेको उनको भनाइ छ।
२०१६ देखि चरिकोटमा लाखे नाच प्रदर्शन सुरु गरिएको जानकारहरु बताउँछन् । बीचमा केही समय बन्द भएको लाखे नाच चरिकोट गुठी हुँदै लालीगुराँस युवा क्लबले निरन्तरता दिइरहेको छ ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

