चरिकोटमा लाखे नाच्न सुरु


ईश्वर विश्वकर्मा
दोलखा ६ साउन । दोलखाको सदरमुकाम चरिकोटमा धार्मिक मनोरञ्जनात्मक लाखे नाच सुरु भएको छ। नेवारी संस्कृतिको संरक्षण र प्रवर्द्धनमा सक्रिय लालीगुराँस युवा क्लबले शनिबारदेखि लाखे नाच प्रदर्शन गर्न थालेको हो ।
कृष्ण सहतिका देवी–देवता र राक्षसको चरित्रमा आधारित भई प्रत्येक वर्ष लाखे नाच प्रदर्शन गरिन्छ । त्यसैको निरन्तरता स्वरुप यो बर्ष पनि नाच प्रदर्शन सुरु गरिएको क्लबका अध्यक्ष प्रविन श्रेष्ठले बताए।
मुखुन्डो लगाएर राक्षसको भेषमा प्रस्तुत हुने रोचक र पृथक शैलीको लाखे नाच हेर्न दर्शकको बाक्लो भीड लाग्छ । आन्तरिक मात्र नभई बाह्य पर्यटकको पनि आकर्षण बनेको लाखे नाचले सांस्कृतिक, धार्मिक र पर्यटकीय महत्व बोकेको उनले बताए।
विषेश गरी नेवार समुदायमा प्रचलित यो नाच जात्रा, पर्व, उत्सव लगायतका बेला प्रस्तुत गरिन्छ । तर चरिकोटमा भने प्रत्येक वर्ष गठेमंगलको पुजापाठ पछि कृष्ण जन्माष्टमीको भोलीपल्ट सम्म बजार परिक्रमा गर्दै लाखे नाच प्रदर्शन गर्ने गरिएको क्लबका अध्यक्ष श्रेष्ठले बताए।
अन्तिम दिन राति लाखेको समाप्तिको समय हो । उक्त रात कृष्णको चक्र प्रहारबाट लाखे मारिन्छ । यो सँगै लाखे नाच समाप्त हुन्छ । लाखे नाच प्रदर्शनको बेला दर्शकको उल्लेख्य उपस्थिति र उत्सुकता हुने गरेको उनले बताए। भिडिओ र तस्बिर खिच्न आतुर हुन्छन् । जसले पर्यटन प्रवद्र्धन र सांस्कृतिक परम्पराको जगेर्नामा उत्साह थपेको उनको भनाइ छ।
२०१६ देखि चरिकोटमा लाखे नाच प्रदर्शन सुरु गरिएको जानकारहरु बताउँछन् । बीचमा केही समय बन्द भएको लाखे नाच चरिकोट गुठी हुँदै लालीगुराँस युवा क्लबले निरन्तरता दिइरहेको छ ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...