घरदैलोमै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण अभियान सुरु

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

ईश्वर विश्वकर्मा

दोलखा ३ साउन ।  दोलखाको भीमेश्वर नगरपालिका-५ ले घरदैलोमै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ । वडाका जेष्ठ नागरिकको स्वास्थ्य अवस्था थाहा पाउने र आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यले मंगलबार देखि अभियान सुरु गरेको हो ‌ । वडाध्यक्ष बासु श्रेष्ठले वृद्धावस्थाका कारण स्वास्थ्य संस्थामा जान नसक्ने जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार ७० बर्ष माथीका जेष्ठ नागरिकलाई लक्षित गरी आर्थिक वर्ष लाग्ने बित्तिकै यो अभियान सुरु गरिएको हो । प्रत्येक महिनाको एक पटक सबै जेष्ठ नागरिकको घरमै पुगेर निशुल्क स्वास्थ्य परीक्षणसँगै सामान्य औषधोपचार तथा परामर्श सेवा प्रदान गरिने वडाध्यक्ष श्रेष्ठको भनाई छ। रोग र स्वास्थ्य समस्याबाट वर्षौँदेखि पिल्सिएर बसेका जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न सहजता अभियानबाट मिल्ने उहाँले बताउनुभयो। “जेष्ठ नागरिकमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा विभिन्न रोगले च्याप्छ । उनीहरूलाई उपचारको दायरामा ल्याउन अभियान प्रभावकारी हुन्छ।” उहाँले भन्नुभयो। मंगलबार तल्लो माटीका १०२ वर्षका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेसँगै अभियान सुरु भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। सो दिन १५ जना अभियानबाट लाभान्वित भएका छन्।

 

जेष्ठ नागरिकलाई सम्मान सहित उनीहरूको ब्लड प्रेसर, ज्वरो, अक्सिजनको मात्रा लगायतको परीक्षण गरी आवश्यक औषधी प्रदान गरिएको थियो । वडाध्यक्ष श्रेष्ठले अनुभव र ज्ञानका खानी जेष्ठ नागरिकलाई सु-स्वास्थ्य लाभ र दीर्घायुको कामना सहित अभियान सुरु गरिएको र उनीहरू खुशी भएका बताउनुभयो। स्थानीय सूर्य थापाले स्वास्थ्य समस्याबाट पीडित जेष्ठ नागरिकलाई अभियान अन्तर्गत घरमै सेवा दिँदा सिंहदरबारको प्रत्याभूति मिल्ने बताउनुभयो। उहाँले जेष्ठ नागरिकको सेवामा मात्र पूण्य प्राप्त हुने बताउँदै वडाध्यक्ष श्रेष्ठको प्रसंसा गर्नु भयो। उहाँले यस्ता असल कार्यक्रमको अन्य स्थानहरूमा पनि अनुसरण जरुरी रहेको बताउनुभयो। वडामा ७० वर्षमाथिका ३ सय जेष्ठ नागरिक रहेको वडाले जनाएको छ। वडामा जेष्ठ नागरिक केन्द्र निर्माण गरिएको छ । वडाले गत वर्ष जेष्ठ नागरिकलाई लड्ठी वितरण गर्नुका साथै भ्रमण पनि गराएको थियो ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.