घरदैलोमै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण अभियान सुरु

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

ईश्वर विश्वकर्मा

दोलखा ३ साउन ।  दोलखाको भीमेश्वर नगरपालिका-५ ले घरदैलोमै जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण अभियान सुरु गरेको छ । वडाका जेष्ठ नागरिकको स्वास्थ्य अवस्था थाहा पाउने र आवश्यक सेवा उपलब्ध गराउने उद्देश्यले मंगलबार देखि अभियान सुरु गरेको हो ‌ । वडाध्यक्ष बासु श्रेष्ठले वृद्धावस्थाका कारण स्वास्थ्य संस्थामा जान नसक्ने जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले अभियान सुरु गरिएको बताउनुभयो। उहाँका अनुसार ७० बर्ष माथीका जेष्ठ नागरिकलाई लक्षित गरी आर्थिक वर्ष लाग्ने बित्तिकै यो अभियान सुरु गरिएको हो । प्रत्येक महिनाको एक पटक सबै जेष्ठ नागरिकको घरमै पुगेर निशुल्क स्वास्थ्य परीक्षणसँगै सामान्य औषधोपचार तथा परामर्श सेवा प्रदान गरिने वडाध्यक्ष श्रेष्ठको भनाई छ। रोग र स्वास्थ्य समस्याबाट वर्षौँदेखि पिल्सिएर बसेका जेष्ठ नागरिकलाई स्वास्थ्य सेवा प्राप्त गर्न सहजता अभियानबाट मिल्ने उहाँले बताउनुभयो। “जेष्ठ नागरिकमा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने हुँदा विभिन्न रोगले च्याप्छ । उनीहरूलाई उपचारको दायरामा ल्याउन अभियान प्रभावकारी हुन्छ।” उहाँले भन्नुभयो। मंगलबार तल्लो माटीका १०२ वर्षका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेसँगै अभियान सुरु भएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। सो दिन १५ जना अभियानबाट लाभान्वित भएका छन्।

 

जेष्ठ नागरिकलाई सम्मान सहित उनीहरूको ब्लड प्रेसर, ज्वरो, अक्सिजनको मात्रा लगायतको परीक्षण गरी आवश्यक औषधी प्रदान गरिएको थियो । वडाध्यक्ष श्रेष्ठले अनुभव र ज्ञानका खानी जेष्ठ नागरिकलाई सु-स्वास्थ्य लाभ र दीर्घायुको कामना सहित अभियान सुरु गरिएको र उनीहरू खुशी भएका बताउनुभयो। स्थानीय सूर्य थापाले स्वास्थ्य समस्याबाट पीडित जेष्ठ नागरिकलाई अभियान अन्तर्गत घरमै सेवा दिँदा सिंहदरबारको प्रत्याभूति मिल्ने बताउनुभयो। उहाँले जेष्ठ नागरिकको सेवामा मात्र पूण्य प्राप्त हुने बताउँदै वडाध्यक्ष श्रेष्ठको प्रसंसा गर्नु भयो। उहाँले यस्ता असल कार्यक्रमको अन्य स्थानहरूमा पनि अनुसरण जरुरी रहेको बताउनुभयो। वडामा ७० वर्षमाथिका ३ सय जेष्ठ नागरिक रहेको वडाले जनाएको छ। वडामा जेष्ठ नागरिक केन्द्र निर्माण गरिएको छ । वडाले गत वर्ष जेष्ठ नागरिकलाई लड्ठी वितरण गर्नुका साथै भ्रमण पनि गराएको थियो ।

विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददाता

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...

दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददाता

दोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...

विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाता

काठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाता

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

.