प्रहरी अतिरिक्त महानिरिक्षक धिरु बस्न्यातलाई राष्ट्रिय राष्ट्र सेवक सम्मान २०८० प्रदान


इश्वर बिश्वकर्मा
काठमाडौं २ नेपाल । नेपाल प्रहरीका एक कुशल राष्ट्रसेवक, लगनशील,कर्मशील धैयशील ,अनुसाशीत ,ईमानदार र निडर कर्मचारी नि: बर्तमान प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) धिरु बस्न्यात राष्ट्रिय राष्ट्र सेवा सम्मान २०८० बाट सम्मानित हुनुभयको छ ।
प्रहरी अतिरिक्त महानिरिक्षक बस्न्यातलाइ नेपाल सरकारका माननीय कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले एक समारोहको बिच सम्मान गरिएको उज्यालो भबिस्य दोलखाका अध्यक्ष राजन बस्नेतले बताउनुभयो ।
उज्यालो भबिस्य संस्था दोलखाले दशौँ बार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मानित गरिएको हो ।
विद्युत प्राधिकरणका निर्देशक उज्यालो अभियानता कुल मान घिसिङ, राष्ट्र सेवक कर्मचारी पुर्ब (एआइजिपि ) धिरु बस्न्यात, वरिष्ठ कलाकार मदन दास श्रेष्ठ, १०० प्रभावशाली महिला सपना रोका मगर सम्मानित हुनु भएको छ। यस्तै वरिष्ठ समाजसेवी सारदा उप्रेती घिमिरे, कलाकार तथा समाजसेवी सकुना मलेकु श्रेष्ठ, लिखु पिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, नेपाल सरकारका पुर्ब सचीव भिम उपाध्याय, सहकारी अभियानता शान्ति श्रेष्ठ ,सामाजिक अभियानता लक्ष्ममण गुभाजु सम्मानित हुनु भएको छ ।
नेपाल सरकारका माननीय कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आथित्यमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा उहाँले भ्रष्टाचार विरुद्ध सरकारको सक्रियता कुनै पनि हालतमा नरोकिने बताउनुभयो। उहाँले भ्रष्टाचारमा संलग्नहरु आफ्नै पार्टीका भएपनि कारबाही गरी सुशासनको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले ठूलाठूला भ्रष्टाचार काण्डको अनुसन्धान गरी दोषीलाई उम्किन नदिने बताउनुभयो।
मन्त्री गुरुङले भ्रष्टाचार काण्डको अनुसन्धान बिचमा रोक्ने प्रवृत्ति हाबी हुनु फिल्ममा निर्देशकले याक्सन, कट भने झैँ भएको बताउनु भयो। उहाँले त्यस्तो प्रवृत्तिलाई अन्त्य गरी अनुसन्धान पुरा गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नु भयो।
उज्यालो भबिस्य दोलखाका अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय सदस्य अजय बाबु सिवाकोटी, नेपाली काङ्ग्रेस दोलखा पार्टी सभापति बर्मा लामा,भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर, नेपाल तरुण दलका केन्द्रिय सदस्य राकेश श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...