प्रहरी अतिरिक्त महानिरिक्षक धिरु बस्न्यातलाई राष्ट्रिय राष्ट्र सेवक सम्मान २०८० प्रदान
साझा दृष्टि संवाददाता
इश्वर बिश्वकर्मा
काठमाडौं २ नेपाल । नेपाल प्रहरीका एक कुशल राष्ट्रसेवक, लगनशील,कर्मशील धैयशील ,अनुसाशीत ,ईमानदार र निडर कर्मचारी नि: बर्तमान प्रहरी अतिरिक्त महानिरिक्षक (एआईजीपी) धिरु बस्न्यात राष्ट्रिय राष्ट्र सेवा सम्मान २०८० बाट सम्मानित हुनुभयको छ ।

प्रहरी अतिरिक्त महानिरिक्षक बस्न्यातलाइ नेपाल सरकारका माननीय कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले एक समारोहको बिच सम्मान गरिएको उज्यालो भबिस्य दोलखाका अध्यक्ष राजन बस्नेतले बताउनुभयो ।
उज्यालो भबिस्य संस्था दोलखाले दशौँ बार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वलाई सम्मानित गरिएको हो ।

विद्युत प्राधिकरणका निर्देशक उज्यालो अभियानता कुल मान घिसिङ, राष्ट्र सेवक कर्मचारी पुर्ब (एआइजिपि ) धिरु बस्न्यात, वरिष्ठ कलाकार मदन दास श्रेष्ठ, १०० प्रभावशाली महिला सपना रोका मगर सम्मानित हुनु भएको छ। यस्तै वरिष्ठ समाजसेवी सारदा उप्रेती घिमिरे, कलाकार तथा समाजसेवी सकुना मलेकु श्रेष्ठ, लिखु पिके गाउँपालिका अध्यक्ष मिना कार्की बस्नेत, नेपाल सरकारका पुर्ब सचीव भिम उपाध्याय, सहकारी अभियानता शान्ति श्रेष्ठ ,सामाजिक अभियानता लक्ष्ममण गुभाजु सम्मानित हुनु भएको छ ।

नेपाल सरकारका माननीय कानून,न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङको प्रमुख आथित्यमा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा उहाँले भ्रष्टाचार विरुद्ध सरकारको सक्रियता कुनै पनि हालतमा नरोकिने बताउनुभयो। उहाँले भ्रष्टाचारमा संलग्नहरु आफ्नै पार्टीका भएपनि कारबाही गरी सुशासनको प्रत्याभूति दिलाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले ठूलाठूला भ्रष्टाचार काण्डको अनुसन्धान गरी दोषीलाई उम्किन नदिने बताउनुभयो।

मन्त्री गुरुङले भ्रष्टाचार काण्डको अनुसन्धान बिचमा रोक्ने प्रवृत्ति हाबी हुनु फिल्ममा निर्देशकले याक्सन, कट भने झैँ भएको बताउनु भयो। उहाँले त्यस्तो प्रवृत्तिलाई अन्त्य गरी अनुसन्धान पुरा गर्न कुनै कसर बाँकी नराख्ने उल्लेख गर्नु भयो।
उज्यालो भबिस्य दोलखाका अध्यक्ष राजन बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काङ्ग्रेसका केन्द्रिय सदस्य अजय बाबु सिवाकोटी, नेपाली काङ्ग्रेस दोलखा पार्टी सभापति बर्मा लामा,भीमेश्वर नगरपालिकाका नगर प्रमुख ईश्वर नारायण मानन्धर, नेपाल तरुण दलका केन्द्रिय सदस्य राकेश श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददातानिर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाताजेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...
