थामी समुदायको कर्मकाण्ड ‘सिलोके पालाखे’ प्रकाशीत

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

दोलखा १८ असार । नेपाल थामी समाज दोलखाले थामी समुदायको ऐतिहासीक दस्तावेज कर्मकाण्ड ‘सिलोके पालाखे’ प्रकाशन गरेको छ । उक्त ऐतिहासीक पुस्तकको विमोचन प्रतिनिधि सभा सदस्य गंगा कार्की र प्रदेश सभा सदस्य कुन्दनराज काफ्ले र ठूला थामीले संयुक्त रुपमा गर्नु भएको थियो ।
पुस्तक विमोचनको अवसरमा प्रतिनिधिसभा सदस्य गंगा कार्की तथा प्रदेशसभा सदस्यहरु कुन्दनराज काफ्ले र ठूला थामीले नेपालको ऐतिहासीक जातिको संस्कार संस्कृति जोगाउनु महत्वपूर्ण हुने उल्लेख गर्नुहुदै थामी समुदायको कर्मकाण्ड ‘सिलोके पालाखे’ पुस्तक थामी समुदायका नयाँ पुस्ताका युवाहरुलाई संस्कार संस्कृति जोगाउन महत्वपूर्ण दस्तावेज बन्ने बताउनु भयो ।
नेपाल थामी समाज दोलखाका अध्यक्ष होम बहादुर थामीको सभापतित्वमा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा विगु गाँउपालिकाका प्रमुख सञ्जीव ओली, कालिञ्चोक गाँउपालिकाका प्रमुख अर्जुन शिवाकोटी, विगु गाँउपालिका उपप्रमुख देविका थामी, नेपाल थामी समाजका पूर्व केन्द्रीय महासचिव एवं सञ्चारकर्मी लक्ष्मण थामी, नेपाल थामी समाज दोलखाका बरिष्ठ उपाध्यक्ष वसन्त थामी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
दाेलखाकाे विगु गाँउपालिकाकाे आर्थिक सहयाेगमा प्रकाशीत झण्डै सात सय पृष्ठको कर्मकाण्ड पुस्तक ‘सिलोके पालाखे’मा थामी समुदायको कुलपुजा, भुमेपुजा, जन्म, विवाह, मृत्यु संस्कार लगायतका सांस्कृतिक विषय समावेस गरिएको पुस्तकका संकलक, सम्पादक लक्ष्मण थामीले बताए । पुस्तक तयारीको क्रममा थामी समुदायका झाँक्रीहरुसंग बिभिन्न चरणमा छलफल गरिएको पनि सम्पादक थामीले बताए । दोलखा जिल्ला उद्गम थलो रहेको थामी समुदायका मानिस अहिले देशको ३२ जिल्लामा बसोबास गर्दै आएको नेपाल थामी समाज दोलखाका अध्यक्ष होम बहादुर थामीले बताए । २०६८ सालको जनगणनामा झण्डै २८ हजार जनसंख्या रहेको थामी समुदाय २०७८ सालको जनगणनामा ३२ हजार सात सय ४३ देखिएको छ । १० बर्षको अवधिमा देखिएको बृद्धि दरले यो गणनामा आशंका रहेको नेपाल थामी समाज दोलखाका अध्यक्ष होम बहादुर थामीको भनाई छ ।

 

विराटनगरलाई हराउँदै लुम्बिनी पुग्यो फाइनलमा
साझा दृष्टि संवाददाता

लुम्बिनीका रुबेन ट्रम्पलम्यान र शेर मल्लले पावर प्लेमै सानदार बलिङ गर्दै विकेट लिएपछि विराटनगरको इनिङ्स सुरुमै धर्मराएको थियो ।२५...

दोलखामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान दीप प्रज्वलनसहित सम्पन्न
साझा दृष्टि संवाददाता

दोलखा,२४ मंसिर — लैङ्गिक हिंसा विरुद्ध जागरूकता बढाउने उद्देश्यले सञ्चालन गरेको १६ दिने अभियान आज दीप प्रज्वलन कार्यक्रमसहित सम्पन्न...

विराटनगरलाई ७८ रनमा अल आउट गर्दै सुदूरपश्चिम फाइनलमा प्रवेश
साझा दृष्टि संवाददाता

काठमाडौँ। सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) सिजन-२ को फाइनलमा प्रवेश गरेको छ । मङ्गलवार भएको पहिलो क्वालिफायरमा विराटनगर...

पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणः पाँच पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर, आठ अर्ब बढी विगो
साझा दृष्टि संवाददाता

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५...

नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन सरकार प्रत्यन्तशील छ : मुख्यमन्त्री बानियाँ
साझा दृष्टि संवाददाता

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले हरेक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन प्रदेश सरकार प्रत्यत्नशील रहेको बताएका छन्...

नेपालको आक्रामक बलिङ- ३२ ओभरको खेल सकिँदा यूएईले बनायो १०० रन, गुम्यो ६ विकेट
साझा दृष्टि संवाददाता

एसीसी यू–१९ प्रिमियर कपको फाइनल खेलमा नेपालले आयोजक संयुक्त अरब इमिरेट्स (यूएई) माथि पूर्ण दबाब कायम गरेको छ।  ...

.