तामाकोशी गाउँपालिकामा २ दिने बालमैत्री स्थानीय शासन तथा क्षमता अभिवृद्धि तालिम सुरु


ईश्वर बिश्वकर्मा
दोलखा ७ असार । दोलखाको तामाकोसी गाउँपालिका-३ जफेमा २ दिने बालमैत्री स्थानीय शासन एवं क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।
तामाकोसी गाउँपालिकाको आयोजना तथा उज्यालो भविष्य दाेलखाकाे प्राविधिक सहयोगमा तालिम सुरु भएको हाे ।
तालिमकाे उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष प्राेण प्रताप केसीले बालमैत्री पालिका घोषणा गर्दै दिगो विकास लक्ष्य प्राप्तिका लागि पालिका अग्रसर भएको बताउनुहुदै शिक्षा क्षेत्रमा गाउँपालिकाले प्राथमिकताका साथ लगानी गरेकाे र साेकाे प्रतिफल शैक्षिक उपलब्धि सुधारोन्मुख भएको उल्लेख गर्नुभयो।
अध्यक्ष केसीले शिक्षित समुदायका बालबालिकाहरू अधिकार र कर्तव्य प्रति सचेत हुने हुँदा बालमैत्री स्थानीय शासन अबलम्बनमा पूर्णता मिल्ने भन्दै संविधान प्रदत्त बालअधिकारकाे संरक्षण, प्रवर्द्धन र संवर्धनमा सबै सरोकारवाला निकाय आ आफ्नो क्षेत्र बााट लाग्नुपर्ने धारणा व्यक्त गर्नुहुदै अधिकार प्राप्त बालबालिकाकाे सर्वाङ्गीण विकास भइ राष्ट्र हितका लागि याेगदान दिन सक्ने हाेनाहार नागरिक बन्ने र समृद्धिको ढोका फराकिलो हुने समेत जिकिर गर्नुभयो ।
कार्यक्रममा तामाकोसी गाउँपालिकाका सामाजिक विकास शाखा प्रमुख पवनराज फुयालले बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा तथा जोखिमलाई रोकथाम गरी उनीहरुको अधिकार सुनिश्चित गर्ने उद्देश्य सहित बालमैत्री अभियान सञ्चालन गरिएको बताउनु भयो ।
उहाँले दिगाे विकासका सुचाङ्क पुरा गर्न सामाजिक उत्थानका कार्य गर्ने उद्देश्यमा पालिका प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख प्रशिक्षक तथा उज्यालो भविष्य संस्थाका अध्यक्ष राजन बस्नेतले बालमैत्री हुनका लागि बाल बचावट, बाल संरक्षण, बाल विकास र बालसहभागिता लगायतका ५१ वटा सूचकहरू पूरा गर्नु पर्ने भन्दै बालबालिकाको हक,अधिकार र संरक्षणमा समेत निरन्तर सम्बन्धित सरोकारवाला निकाय लागि परीरहनु पर्ने भन्दै उहाँले बालबालिका सम्बन्धी सम्पुर्ण तथ्यांकहरु संकलन गरी कमजाेर सुचकहरुमा काम गर्नु पर्ने बताउदै बालमैत्री स्थानीय शासन अभियान लाई सार्थक रुप दिन आफु र उज्यालो भबिस्य दोलखाले गर्नुपर्ने प्राबिधिक सहयोग उपलब्ध गराउन समेत प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा रानु श्रेष्ठ र राजन बस्नेतले बालमैत्री स्थानीय शासन सम्बन्धि अवधारणा, सुचक र चरन सम्बन्धी जानकारी गराउनुभएको थियो।
कार्यक्रममा तामाकोसी गाउँपालीकाका ७ वटा वडाहरु बाट बाल क्लबका अध्यक्ष तथा पदाधिकारी,सदस्यहरु र शिक्षक
हरुको उपस्तिथिरहेको थियो भने तालिम भोली सम्म संचालक आयोजकले जानकारी दिएको छ ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...