विद्यार्थीहरुलाइ योग सिकाउदै त्रीपुरा ग्लोरीयस एकेडेमि चरिकोटले मनायो नवौं अन्तर्राष्ट्रिय योग दिवस

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

राजन बस्नेत /फोटो फिचर

दोलखा ६ असार । विद्यार्थीहरुलाइ योग सिकाउदै त्रीपुरा ग्लोरीयस एकेडेमि चरिकोटले नवौं अन्तर्राष्ट्रिय योग दिवस
सभ्य र भब्य रूपमा मनाएको शिक्षक अर्जुन जिम्बा तामाङले जानकारी दिनुभएको छ ।


शिक्षक जिम्बाको अनुसार  बिधालयका विद्यार्थीहरुलाइ योग सिकाउदा विद्यार्थी हरुको चौतर्फी बिकास अनुशासन,लगनशील कर्मशील र धैर्यशील र इमानदारी बन्न समेत महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने भएको हुँदा बिधालयले अतिरिक्त क्रियाकलापमा समेत विद्यार्थीकोहरुलाई समय उपलब्ध गराएर विद्यार्थीहरुको अर्थपूर्ण सहभागीता गराउदै आएको जानकारी दिनुभयो ।

तपाईंको उमेर जतिसुकै होस् । तपाईंको अवस्था जस्तोसुकै होस् । योग गर्नका लागि कुनै छेकबार छैन । जहाँ पनि, जहिले पनि तपाईंले योगलाई आफ्नो दैनिकीको हिस्सा बनाउन सक्नुहुन्छ ।

हामीकहाँ योगको अभ्यास सदियौंदेखि हुँदै आएको छ । हाम्रा पूर्खाहरूले यसको अभ्यास, विकास र विस्तार गरे । आजको दिनमा भने योगको महिमा र महत्वलाई हामीले भुल्दै गएका छौं ।


जीवनको उद्देश्य भनेको नै जीवन जिउने सर्वोत्तम तरिका बुझ्नु हो । योगको सुत्रधार महर्षि पतञ्जलीलाई मानिन्छ। उनले योग अभ्यासको विधिहरू पहिल्याएका थिए । साथै, आफैँमाथि सफल अभ्यास गरेका थिए । उनी एक योगी तथा एक ज्ञानी थिए, जो इशापूर्व पाँचौं शताब्दीअघि जन्मिएको मत पनि पाइन्छ ।

उनले योगीको जीवन र अभ्यासको जानकारी जम्मा गरे र त्यसलाई विस्तार गरे । उनले योग सूत्र लेखे, खासमा उनी योगको प्रमाण, चेतना र मानवीय परिस्थितीको सूत्र हुन् । विज्ञहरू भन्छन्, योग ब्रह्मान्ड जतिकै प्राचीन हो । योगको उद्देश्य जीवनलाई साँचो रुपमा बुझ्नु हो । साथै, आफूलाई जीवन र मृत्युको चक्रबाट अलग गर्नु पनि हो ।

संस्कृतमा योग शब्दको अर्थ जोड्नु वा मिलाउनु हो । स्वय‌ंलाई जान्नु हो ।

योगको अनेकन फाइदा छन् । शारीरिक फाइदा छ, मानसिक फाइदा छ, आत्मिक फाइदा छ । अर्थात् समग्र र सम्पूर्ण रुपमा हाम्रो शरीर यसबाट लाभान्वित हुन्छ। योगसुरु गर्नसाथ हामीले केही परिवर्तन अनुभव गर्न सक्छौं । जस्तो आज तपाईं बिहान उठेर केही क्षण योग गर्नुभयो । तपाईंमा एक किसिमको ऊर्जा र उमङ्गको अनुभव हुन्छ । शरीर फुर्तिलो र चुस्त लाग्नेछ।

अहिले धेरैजसो मानसिक रोगले ग्रस्त छन् । मानसिक विकार बढेको छ । डिप्रेसन, चिन्ताजस्ता समस्याले धेरैलाई सताएको छ। उनीहरू यस्तै मानसिक विकार हटाउन योग गरिरहेका छन् । मनको शुद्धीकरणको माध्यमको रुपमा योगलाई अपनाएको छन् ।

योग गरेपछि मनका बेचैनी, तनाव पनि हराएको अनुभव हुनेछ । योगले हाम्रो तनाव, चिन्ताको स्तर घटाइदिन्छ। मनमा सकारात्मक भाव पैदा हुन्छ । एकदिन मात्र योग गर्दा पनि त्यसबाट कुनै न कुनै सकारात्मक परिवर्तनको अनुभव हामीले गर्न सक्छौं ।

एक पटक सही र समुचित ढंगले योग गरिसकेपछि यसलाई निरन्तर रुपमा अपनाउन मन लाग्छ। नियमित रुपले योग गरिरहँदा शरीर लचिलो, फुर्तिलो, तन्दुरुस्त अनुभव हुनेछ । मन चङ्गा हुनेछ । यससँगै योग र व्यायामले दीर्घकालीन रुपमै निरोगी र तन्दुरुस्त बनाइराख्छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। त्यसो त योगले क्यान्सरजस्ता कतिपय घातक रोगको सम्भावित जोखिमबाट मुक्त राख्छ ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.