रगतको मागलाई सहज परिपूर्ति गर्न मेलुङ ६ मा २४ पिन्ट रक्तदान

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

ईश्वर बिश्वकर्मा

दोलखा ६ असार । दोलखाको मेलुङ गाउँपालिका-६ मा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा वडा कार्यालयले रक्तदान कार्यक्रम आयोजना गरेको हो । रगतको मागलाई सहज परिपूर्तिका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको वडाध्यक्ष राजु कुसुम लामाले बताउनु भयो ।

रगत अभावमा छटपटाइरहेका बिरामी र घाइते व्यक्तिलाई बचाउने मानवीय उद्देश्यले आयोजित रक्तदान कार्यक्रममा तीन महिला सहित २४ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस साेसाइटीका पुर्व सभापति गोकर्ण प्रसाद पोखरेलले जीवनमा महादान भनेको रक्तदान रहेको बताउनु भयो । उहाँले आफ्नो रगत दिएर अरुको ज्यान बचाउन सहयोग गर्ने व्यक्ति बिरामीका लागि भगवान सरि हुने सुनाउन भयो ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.