जिरी ९ ठुलोपातलमा स्त्री रोग तथा परिवार नियाेजन सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने

साझा दृष्टि संवाददाता
साझा दृष्टि संवाददाता

ईश्वर बिश्वकर्मा

दोलखा ५ असार । दोलखाको जिरी नगरपालिका-९ ठूलाेपातलमा बुधबार स्त्री रोग तथा परिवार नियाेजन सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेपाल परिवार नियोजन संघ उपत्यका शाखा र बागमती प्रदेश स्वास्थ्य निर्देशानलयको आयोजनामा ठुलोपातल स्वास्थ्य चौकीमा शिविर आयाेजना हुने भएको हाे ।
प्रजनन् स्वास्थ्य समस्याबाट ग्रसित बिरामीलाई गाउँमै सहज र सरल तवरले निशुल्क उपचार सेवा उपलब्ध गराउने उद्धेश्यअनुरूप शिविर आयोजना गरिने आयाेजकले जनाएको छ । रोगलाई वेवास्ता गरेर उपचारको दायरामा नआएका नागरिकलाई लक्षित गरी आयोजित सो शिविरमा नेपाल परिवार नियोजनसंघका वरिष्ठ गाइनो डाक्टर
सहितको टोलीले सेवा उपलब्ध गराउने छन् । शिविरमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर, पाठेघर खसेको महिलाहरुलाई रिङ प्रेसरी राख्ने,तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, अन्य किसिमको यौन रोगको उपचार, पुरुषहरुका लागि परिवार नियोजन र बध्याकरण सेवा, बाझोपनको उपचार र परामर्श सेवा प्रदान हुनेछ ।
आर्थिक अभाव, भौगोलिक कठिनाई र स्वास्थ्य चेतना अभाव, लाजका कारण रोग पालेर बस्ने चलन गाउँघरमा व्याप्त रहेको छ। त्यस्तो चलनलाई कम गराउन र नागरिकलाई स्वस्थ बनाउने शिविरको प्रमुख उद्देश्य रहेको निर्देशानालयका सूचना अधिकारी शिवप्रसाद बडालले बताउनुभयाे । उहाँले रोग लाग्नै नदिनु उत्तम हुने बताउँदै रोग लागेपछि तुरून्तै उपचार गराउनु पर्ने स्वास्थ्य सन्देश शिविरमा प्रवाह गरिने जानकारी गराउनु भयो । प्रजनन स्वास्थ्य सम्बन्धी समस्या भएकाहरूले शिविरमा आई मौकाको फाइदा उठाउन उहाँले अनुरोध गर्नु भयो ।

कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाता

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...

एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाता

  राजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...

विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाता

काठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...

मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाता

  अक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...

अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददाता

दोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...

काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाता

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...

.