जिरी ९ ठुलोपातलमा स्त्री रोग तथा परिवार नियाेजन सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने
साझा दृष्टि संवाददाता
ईश्वर बिश्वकर्मा
दोलखा ५ असार । दोलखाको जिरी नगरपालिका-९ ठूलाेपातलमा बुधबार स्त्री रोग तथा परिवार नियाेजन सम्वन्धी निशुल्क स्वास्थ्य शिविर हुने भएको छ । नेपाल परिवार नियोजन संघ उपत्यका शाखा र बागमती प्रदेश स्वास्थ्य निर्देशानलयको आयोजनामा ठुलोपातल स्वास्थ्य चौकीमा शिविर आयाेजना हुने भएको हाे ।
प्रजनन् स्वास्थ्य समस्याबाट ग्रसित बिरामीलाई गाउँमै सहज र सरल तवरले निशुल्क उपचार सेवा उपलब्ध गराउने उद्धेश्यअनुरूप शिविर आयोजना गरिने आयाेजकले जनाएको छ । रोगलाई वेवास्ता गरेर उपचारको दायरामा नआएका नागरिकलाई लक्षित गरी आयोजित सो शिविरमा नेपाल परिवार नियोजनसंघका वरिष्ठ गाइनो डाक्टर
सहितको टोलीले सेवा उपलब्ध गराउने छन् । शिविरमा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर, पाठेघर खसेको महिलाहरुलाई रिङ प्रेसरी राख्ने,तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, अन्य किसिमको यौन रोगको उपचार, पुरुषहरुका लागि परिवार नियोजन र बध्याकरण सेवा, बाझोपनको उपचार र परामर्श सेवा प्रदान हुनेछ ।
आर्थिक अभाव, भौगोलिक कठिनाई र स्वास्थ्य चेतना अभाव, लाजका कारण रोग पालेर बस्ने चलन गाउँघरमा व्याप्त रहेको छ। त्यस्तो चलनलाई कम गराउन र नागरिकलाई स्वस्थ बनाउने शिविरको प्रमुख उद्देश्य रहेको निर्देशानालयका सूचना अधिकारी शिवप्रसाद बडालले बताउनुभयाे । उहाँले रोग लाग्नै नदिनु उत्तम हुने बताउँदै रोग लागेपछि तुरून्तै उपचार गराउनु पर्ने स्वास्थ्य सन्देश शिविरमा प्रवाह गरिने जानकारी गराउनु भयो । प्रजनन स्वास्थ्य सम्बन्धी समस्या भएकाहरूले शिविरमा आई मौकाको फाइदा उठाउन उहाँले अनुरोध गर्नु भयो ।
बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
