यातायात व्यवसायी वीच सहमती जुटेपछि सार्वजनिक यातायात सुचारु
साझा दृष्टि संवाददाता
राजकुमार भुजेल
दोलखा ५ असार । दोलखामा चारबुँदे सहमति भएपछि सार्वजनिक यातायात सञ्चालन भएको छ।
हिजो बिहानै देखि रोल्वालिङ यातायातले पुर्वअरनिको यातायात सञ्चालनमा निशेध गरेपछि दुवै तर्फका यातायातका साधन चलेका थिएन। तर आज जिल्ला प्रशासन कार्यालय दोलखामा भएको सर्वपक्षीय छलफलमा सहमति जुटेपछि यातायातका साधन संचालनमा आएका हुन् । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र साहले असार १ गते देखि नयाँ बसपार्क गोङ्गबुबाट अनिवार्यरुपमा लामो तथा मध्यम दुरिका सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने नियम लगाएपछि रोल्वालिङ यातायातले नया बसपार्कमा काउन्टर खोलेर बसेको थियो । तर नयाँ बसपार्कबाट यातायात सञ्चालन व्यवाहारिक नभएको भन्दै पूर्व अरनिको यातायातले रोल्वालिङ यातायातको बसमा अवरोध गरेपछि विवाद उत्पन्न भएको थियो।
यस्तो छ चारबुँदे सहमति
१. पूर्व अरनिको यातायात प्रा. लि. र रोल्वालिङ यातायातका मजदुरहरुको वीच एक आपसमा भएको झडपमा भएका घाइते भएका जुन पक्षले घटना घटाएर घाइते बनाएको हो उही पक्षले उपचार गर्ने व्यवस्था मिलाउने सोको एक अर्को पक्षले अस्वीकार गरेमा कानूनी कारवाहीको लागि आवश्यक प्रकृया अगाडी बढाउने ।
२. पूर्व अरनिको यातायात प्रा. लि. र रोल्वालिङ यातायात बीच विगतमा भएको समझदारीलाई हाल पनि कार्यान्वयन गर्ने ।
३. यो बैठक समापन पश्चात निर्वाद रुपमा दुवै समितिले यात्रुबाहक बस संचालन गर्ने यदी कोही कसैबाट अवरोध भइ घटना घटाएमा छानविन गरि आवश्यक कानूनी कारवाही अगाडी बढाउने सर्व सम्मत निर्णय
४. अरनिको यातायात प्रा.लि. र रोल्वालिङ यातायातबीच यि माथिका निर्णयहरुमा असहमति वा असमझदारि भएमा यतायत समितिबिच सहकार्य र सहमति गरि अगाडि बढ्ने निर्णय

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
10 घण्टा अगाडि साझा दृष्टि संवाददाताप्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...
बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेतलाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...
दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददातादोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...
रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाताबस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...
शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाताकाठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...
५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाताकांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...
