खुत्रुके फुटाएर विद्यार्थीलाइ शैक्षिक सामाग्री वितरण गर्दै बस्नेत

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

इश्वर बिश्वकर्मा

दोलखा ४ जेष्ठ । करीब १ बर्ष देखि खुत्रुकेमा जम्मा गरेको पैसा निकालेर सामाजिक अभियानता राजन बस्नेतले शैक्षिक सामाग्री वितरण गर्नुभएको छ ।
भीमेश्वर नगरपालिका वडा न:७ साखिने निवासी बस्नेतले  खुत्रुकेमा सङ्कलित रकमले स्टेशनरी तथा शैक्षिक सामाग्री किन्न रकम अपुग भए सगै बैठक तथा तालिममा सहभागी भए वापत पाएको भत्ता समेत खर्चेर शैक्षिक सामाग्री खरीद गर्नुभएको हो ।
दोलखाको भीमेश्वर नगरपालिका वडा न:७ मा रहेको बिरेन्द्र आधारभुत बिधालयका ७० जना विद्यार्थीहरुलाइ शैक्षिक अभियानता निरोज बस्नेतको विशेष पहलमा शैक्षिक सामाग्रीका साथै खेलकुदका सामाग्री समेत एक समारोहको आयोजना गरी बितरण गरेको बिरेन्द्र आधारभुत बिधालयका प्रध्यानाध्यापक कृष्ण बहादुर खत्रीले जानकारी दिनुभयो ।

सामाजिक अभियानता बस्नेतले यस अघि गौरीशंकर बालगृह
का बालबालिकाहरुलाइ स्कुल ब्याग, बहिरा प्राथमिक बिद्यालयका विद्यार्थीहरुलाइ खाध्यन्न सामाग्री,बाल मन्दीरका विद्यार्थीहरुलाइ खेलकुदका सामाग्री लगायत ३ दर्जन भन्दा बढी बिध्यालयहरुमा शैक्षिक सामाग्रीहरु हस्तान्तरण गर्नुभएको सामाजिक अभियानता सिर्जना श्रेष्ठले जानकारी दिनुभयो ।
दोलखा जिल्लाको भीमेश्वर नगरपालिका बागमती प्रदेश कै पहिलो बाल मैत्री नगर बनाउन समेत अग्रणी भुमिका निर्वाह गरेका बस्नेतले दोलखा जिल्ला लाई नै नेपालको पहिलो बाल मैत्री जिल्ला बनाउन लगनशील,कर्मशील र धैर्यशील भैइ लागी परिरहेको छन् ।
हाल उनी दोलखा जिल्लामा बाल बिवाह मुक्त जिल्ला बनाउन अतिरिक्त जनचेतना मुलुक क्रियाकलाप र कार्यक्रमहरुको आयोजना गरि सरकारी तथा गैरसरकारी निकायहरु सग समन्वयकारी भुमिका समेत निर्वाह गरिरहेका छ्न ।
उनी दोलखामा कहिले सरसफाइ अभियानको नेतृत्व गर्छन् त कहिले सहयोगीपेक्षी सडक मानवमुक्त अभियानमा अग्रणि भुमिका मा देखिन्छन ।
उनी दोलखालाई समृद्ध दोलखा र सुखी दोलखाली जनता बनाउने अभियानका साथ विभिन्न किसिमका जनचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै जनताको घर दैलोमा पुग्छन् ।
उमेरले २४ बर्ष लागेका बस्नेत कहिले मृगौला पीडितलाई सहयोग जुटाउने कार्यमा सामेल हुन्छन् त कहिले अभिभावक बिहिन र बिपन्न बालबालिकाको अधिकार सुनिश्चित गराउन सम्बन्धित सरोकारवालाहरुको दैलो ढकढक्याउन पुग्छन् ।

कहिले नेपालमा नै सिमान्तकृत जिरेल जातिहरुको घर दैलोमा पुगि उनिहरुको मनोभावनाको बारेमा जानकारी लिन्छन् त कहिले भीमेश्वर १ सुस्पा क्षमावति जहाँ थामी जातिको उद्गम थलो भनी चिनिन्छ त्यहाँका मानिसहरुको घाउमा महलम लगाउन पुग्छन् भने दोलखाको उत्तरी गाउँ सुरीमा सुरेलहरुको जनजीवन वा जनजिविका कसरी चलिरहेको छ भन्ने बारेको अध्ययन गर्न त्यहाँ पुगेका हुन्छन् ।
उनी प्राय बालगृहका बालबालिकाहरु सग निरन्तर रूपमा घुलमिल हुन रुचाउँछन् ।
कहिले आफुले जम्मा गरेको खुत्रुक्के फुटाएर बालबालिकालाई बिधालयमा झोला बितरण गर्दछन भने कहिले नेपाली कथानक चलचित्र भत्किएको मन बनाएर दर्शकलाई मनोरञ्जनको साथमा सकारात्मक सन्देश प्रवाह गर्न खप्पिस बस्नेत पत्रकारीता र साहित्यमा समेत सक्रिय रूपमा अनवरत लागी परिरहेको छ्न ।
राष्ट्रिय युवा प्रतिभा पुरस्कार बाट समेत सम्मानित बस्नेत, राष्ट्रिय गौरीशंकर च्छोरोल्पा सेवा सम्मान २०७८ सहित १० दर्जन भन्दा बढी राष्ट्रिय तथा स्थानीय पुरस्कारबाट सम्मानित भइसकेका छ्न ।
उनको यो सानै उमेरमा गरेको प्रगति र समाजसेवी भावना सकारात्मक बिचार र सबै सग गर्ने समान ब्यवहार हेर्दा लोभलाग्दो देखिन्छ । उज्यालो भबिस्य दोलखाक अध्यक्ष एबम सामाजिक अभियानता बस्नेत युवाहरुका लागि प्रेरणाको श्रोत बन्न सक्छन् ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर खड्काको सभापतित्वमा भएको कार्यक्रममा वडा सदस्य रघुनाथ कार्की,सामाजिक अभियानता रामदेवी श्रेष्ठ (रानु ) निरोज बस्नेत, भगवती शाह , धन बहादुर तामाङ ,उज्यालो भबिस्य दोलखाका सचीव सिर्जना श्रेष्ठ,सदस्य प्रकाश बस्नेत,समाजसेवी राधिका खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

बालेन शाहलाई संसदीय दल नेता बनाउन रास्वपाले विधान संशोधन गर्ने
साझा दृष्टि संवाददाता

प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा होमिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता बनाउन...

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

शेखरको दाबी- गगनहरू चोइटिएर गएका हुन्, हामी आधिकारिक
साझा दृष्टि संवाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति नै आधिकारिक कांग्रेस भएको दाबी गरेका छन्...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

.