साइबर अपराध र लागुऔषध विरुद्ध विद्यार्थीहरूलाई सचेतता


राजन बस्नेत
दाेलखा २४ जेष्ठ । सामाजिक सञ्जाल र अनलाइन अभ्यस्तता बढेसँगै बढेको साइबर अपराध र सहरिया युवाहरूमा बढ्दो लागु औषध दुर्व्यसनी अन्त्य गर्न जिल्ला युवा समिती दोलखाको आयोजना र जिल्ला प्रशासन कार्यलय दोलखाको सहकार्यमा साइबर अपराध र लागुऔषध विरुद्ध विद्यार्थीहरूलाई सचेतता कार्यक्रमको आयोजना भएको छ ।
साइबर क्राइमको विषयमा दाेलखा जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक धर्मेश कुमार यादव,र पशुपति चौलागाईं स्मृति अस्पतालका जनरल सर्जन डा. ज्ञानेश्वर श्रेष्ठले लागु औषध दुर्व्यसनीको बारेमा विद्यार्थीहरूलाई सचेतताना दिएको कार्यक्रका संयोजक तथा आयोजक जिल्ला युवा समिती दोलखा अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
साइबर क्राइम के हो, यसका कानुनि सजायहरू के छन्? दुर्ब्यशनीको समस्याको निराकरण के हो ? भन्ने बारेमा विद्यार्थीहरूलाई अभिमुखिकरण गरीएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उनले भने, ‘हेर्दा सामान्य लाग्ने तर साइबर क्राइम र लागु औषध दुर्व्यसनी जस्ता दीर्घकालीन असर गर्ने कुरामा युवाहरूलाई सचेत गराउने उद्देश्यले गरिएको जिल्ला युवा समिती दोलखा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति दोलखा प्रमुख बर्जुराम घतानी, जिल्ला प्रशासन कार्यालय दाेलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला , तारादल गणका प्र.से.गणपती संजिव सिंह सिजापती , सशस्त्र प्रहरी वल नेपाल १८ नम्बर गुल्ल्का सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कुमार र्कार्कि, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलयका प्रमुख अनुसन्धान अधिकृत अरुन कार्की, जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक धर्मेश कुमार यादव, शिक्षक विद्यार्थीहरू सहभागी भएका थिए ।
दोलखाको सदरमुकाम चरिकोटमा आयोजित समारोहमा कालिन्चाेक मा. वि का २५३ विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
सामाजिक सुरक्षा सहायता कार्यक्रम बाट ३० विधुर पुरुष र २३५ जेष्ठ नागरिक लाभान्वित
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कार–२०२२ बाट कमला पाख्रीन पुरस्कृत
कांग्रेस सांसद केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त
साझा दृष्टि संवाददाताकोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद केदार कार्की नियुक्त भएका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङले उनलाई समर्थन गर्ने एमालेका...
एपेक्स स्कुलका विद्यार्थीहरु लोकतान्त्रिक अभ्यासमा : कप्तान चयन गर्न उत्साहा पूर्ण सहभागिता
साझा दृष्टि संवाददाताराजन बस्नेत/ फोटो फिचर दोलखा २५ आस्विन । गत वर्ष झैं यो वर्ष पनि एपेक्स विद्यालयको निर्वाचन सम्पन्न...
विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन सञ्चारकर्मीलाई विज्ञहरुको सुझाव
साझा दृष्टि संवाददाताकाठमाडौँ । पत्रकारिताको स्वरुप फेरिएकाले विषयगत दक्षता र प्रविधिमा ज्ञान बढाउन विज्ञहरुले सञ्चारकर्मीलाई सुझाव दिएका छन् । प्रेस काउन्सिल...
मेयर कोइरालाद्वारा न्यूयोर्कका सिनेटरसहित उच्च पदस्थ व्यक्तिसित भेटघाट
साझा दृष्टि संवाददाताअक्टोवर १०, २०२३: अमेरिका भ्रमणमा रहनु भएका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले न्यूयोर्कका सिनेटरसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूसित...
अर्थभूमि साकोसको वार्षिक साधरण सभा सम्पन्न : उत्कृष्ट कर्मचारी सम्मानबाट व्यवस्थापक मनकुमार श्रेष्ठ सम्मानित
साझा दृष्टि संवाददातादोलखा, ६ असोज । दोलखाको भिमेश्वर नगरपालिका वडा नम्बर ६ मा रहेको अर्थभूमि बचत तथा ऋण सहकारी संस्थाको आठौँ...
काठमाडौंको गैह्रीगाउँमा खुकुरी प्रहार गरी दोलखाका तीनसहित चार जनाको हत्या
साझा दृष्टि संवाददाताकाठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँमा खुकरी प्रहारी गरी दोलखाका तीन जनासहित ४ जनाको हत्या भएको छ । अज्ञात...