साइबर अपराध र लागुऔषध विरुद्ध विद्यार्थीहरूलाई सचेतता

साझा दृष्टि संवाददाता

साझा दृष्टि संवाददाता

राजन बस्नेत

दाेलखा २४ जेष्ठ । सामाजिक सञ्जाल र अनलाइन अभ्यस्तता बढेसँगै बढेको साइबर अपराध र सहरिया युवाहरूमा बढ्दो लागु औषध दुर्व्यसनी अन्त्य गर्न जिल्ला युवा समिती दोलखाको आयोजना र जिल्ला प्रशासन कार्यलय दोलखाको सहकार्यमा साइबर अपराध र लागुऔषध विरुद्ध विद्यार्थीहरूलाई सचेतता कार्यक्रमको आयोजना भएको छ ।

साइबर क्राइमको विषयमा दाेलखा जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक धर्मेश कुमार यादव,र पशुपति चौलागाईं स्मृति अस्पतालका जनरल सर्जन डा. ज्ञानेश्वर श्रेष्ठले लागु औषध दुर्व्यसनीको बारेमा विद्यार्थीहरूलाई सचेतताना दिएको कार्यक्रका संयोजक तथा आयोजक जिल्ला युवा समिती दोलखा अध्यक्ष भरत कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
साइबर क्राइम के हो, यसका कानुनि सजायहरू के छन्? दुर्ब्यशनीको समस्याको निराकरण के हो ? भन्ने बारेमा विद्यार्थीहरूलाई अभिमुखिकरण गरीएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
उनले भने, ‘हेर्दा सामान्य लाग्ने तर साइबर क्राइम र लागु औषध दुर्व्यसनी जस्ता दीर्घकालीन असर गर्ने कुरामा युवाहरूलाई सचेत गराउने उद्देश्यले गरिएको जिल्ला युवा समिती दोलखा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति दोलखा प्रमुख बर्जुराम घतानी, जिल्ला प्रशासन कार्यालय दाेलखाका प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमला , तारादल गणका प्र.से.गणपती संजिव सिंह सिजापती , सशस्त्र प्रहरी वल नेपाल १८ नम्बर गुल्ल्का सशस्त्र प्रहरी नायब उपरीक्षक सुरज कुमार र्कार्कि, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यलयका प्रमुख अनुसन्धान अधिकृत अरुन कार्की, जिल्ला प्रहरी कार्यलय दोलखाका प्रहरी निरीक्षक धर्मेश कुमार यादव, शिक्षक विद्यार्थीहरू सहभागी भएका थिए ।
दोलखाको सदरमुकाम चरिकोटमा आयोजित समारोहमा कालिन्चाेक मा. वि का २५३ विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

बागमती प्रदेश सदस्य चौलागाईले गरे रास्वपा परित्यागको घोषणा
राजन बस्नेत

लाइफ इन्स्योरेन्स अभीयानता एबम व्यवसायी हरि लाल चौलागाईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गर्ने घोषणा गरेसँगै नयाँ दलको आन्तरिक...

दोलखामा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु : आरोपी खुकुरीसहित पक्राउ
साझा दृष्टि संवाददाता

दोलखा । दोलखाको कालिन्चोक गाउँपालिका–५ बन्देथलीमा सामान्य वादविवादको क्रममा जेठाजुको प्रहारबाट बुहारीको मृत्यु भएको छ। शनिबार अपराह्न ४ बजे...

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो, गोताखोरको टोलीद्वारा खोजी जारी
साझा दृष्टि संवाददाता

बस खसेको स्थानमा खोजी गर्दा अहिले थप ३ वटा शव फेला परेको हो । यो सँगै मृतकको संख्या ९...

निर्वाचन आयोगले भन्यो– गगन थापा नेतृत्वको नेपाली कांग्रेस नै आधिकारिक
साझा दृष्टि संवाददाता

निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।...

५१ जिल्ला सभापति देउवातिर, २३ गगनतिर, तीन तटस्थ
साझा दृष्टि संवाददाता

कांग्रेस विभाजनपछि कानुनी उल्झन सुरु भएका वेला ७७ मध्ये ५१ जिल्ला सभापति शेरबहादुर देउवातिर खुलेका छन् । विशेष महाधिवेशनबाट सभापति...

कांग्रेस विशेष महाधिवेशनमा गगन थापाको सम्बोधन [पूर्णपाठ]
साझा दृष्टि संवाददाता

जेन–जीहरूले मात्र होइन, नेपालका लाखौँ लाख नरनारीहरूले सडकमा आएर घरमा बसेर रिस पोखेका हुन्, आक्रोश व्यक्त गरेका हुन्, आफ्नो...

.